३ भदौ २०८३, बुधबार | August 20, 2026

महिला ट्राफिक प्रहरीलाई राहत : महिनावारीका बेला सडकमा जानु नपर्ने

मापसे गर्नेहरुले सडकमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले रजोवती भएका बेला ट्राफिक प्रहरीलाई चार दिन सडकमा खटिननपर्ने निर्णय गरेका छन् । गृहमन्त्रीले मङ्गलबारदेखि लागू हुने गरी उक्त निर्णय गरेका हुन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयको निर्देशनअनुसार गृहमन्त्रीस्तरीय उक्त निर्णय सोही दिनदेखि कार्यान्वयन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए। हाल उपत्यकाभित्र दुई सय १३ जना महिला ट्राफिक प्रहरी कार्यरत छन् । थापाथली ट्राफिक प्रहरी वृत्तमा सबैभन्दा धेरै १७ जना महिला ट्राफिक खटिएका उनले जानकारी दिए ।

ट्राफिक महिलाले महिनावारीका बेला चार दिन सडकमा खटिनु नपर्ने निर्णयको महिला ट्राफिक प्रहरीले स्वागत गरेका छन् । थापाथली वृत्तकी अञ्जु नेपालीले सरकारको उक्त निर्णयबाट आफूहरूलाई ठूलो राहत हुने बताइन् ।

यसैबीच, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सङ्केत वत्ती, गति सीमितलगायत सवारी नियम उल्लङ्घन गर्नेहरूलाई भविष्यमा त्यस्ता गल्ती दोहोरिन नदिने उद्देश्यले ट्राफिक प्रहरीसँगै उनीहरूलाई स्वयंसेवकका रूपमा सडकमा खटाएको छ । सवारी नियम उल्लङ्घनकर्तालाई उनीहरूले त्यसो नगर्न सम्झाउने छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  १ : ३७ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने