२९ चैत्र २०८२, आइतबार | April 13, 2026

बाँकेमा बैशाखमा २२ आगलागीका घटना, १६ आगलागीको कारण विद्युत अनियमितता



नेपालगन्ज । वैशाखमा जिल्लाका विभिन्न २२ स्थानमा आगलागीका घटना भएका छन् । बारुणयन्त्र नियन्त्रण शाखा, नेपालगन्जले दिएको जानकारी अनुसार सबैभन्दा बढी १६ वटा घटना विद्युत् सर्ट हुँदा भएका हुन् ।

नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागी सबैभन्दा ठूलो घटना हो । सो आगलागीबाट रु एक करोड बराबरको औषधिजन्य सामग्री जलेर क्षति भएको अस्पताल विकास समितिका सदस्य डा डक्ट धितालले जानकारी दिए ।

बारुण नियन्त्रण शाखाका इन्चार्ज झैनबहादुर खड्काले डुडुवा गाउँपालिकामा दुई, जानकी गाउँपालिकामा दुई, राप्तीसोनारी गाउँपालिकामा एक र कोहलपुर नगरपालिकामा एक आगलागीका घटना भएका जानकारी दिँदै यी जिल्लामा भएका ठूला घटना रहेको उल्लेख गरे । उनले विद्युत् अनियमितताका कारण अधिकांश ठाउँमा आगलागीका घटना भएका उल्लेख गर्दै मानवीय क्षति भने नभएको बताए ।

पर्याप्त मात्रामा वर्षा नहुनु, सुख्खा बढ्नुलगायत कारणले आगलागीको जोखिम बढेको भन्दै इन्चार्ज खड्काले घटनाको खबर हुनासाथ दमकल घटनास्थलतर्फ पुग्ने गरेकाले मानवीय क्षति नभएको दाबी गरे ।

उनले नेपालगन्जमा लागेका आगलागीमध्ये दोस्रो ठूलो क्षति भएको घटना रुचिवैश्यको भेरी कर्णाली सप्लायर्सको रहेको उल्लेख गरे । नेपालगन्ज–२२ पुरैनामा भएको उक्त आगलगीमा करिब रु ५० लाख बराबरको सिरक तथा डसना जलेर नष्ट भएको थियो । सो आगलागी नियन्त्रणमा ल्याउन करिब पाँच घण्टा लागेको बारुणयन्त्रका इन्चार्ज खड्काले जानकारी दिए ।

वैशाखमा मात्रै भएका विभिन्न आगलागीका घटनामा आगो नियन्त्रणमा ल्याउन एक घण्टा ४५ मिनेटदेखि पाँच घण्टासम्म समय लागेको उनले बताए । कार्यालयले पानी भरेर तीन बारुणयन्त्र तयारी अवस्थामा राखेको जनाउँदै उनले एउटा फायर बाइकसमेत तयारी अवस्थामा रहेको बताए ।

उनले कतिपय आगलागी गहुँबाली र उखुबालीमा भएको जानकारी दिँदै आगलागीका घटना हुन नदिन सबै सचेत हुनुपर्ने भन्दै भइहाले सजगता अपनाउन स्थानीयलाई आग्रह गरे ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  २ : १३ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्