६ असार २०८२, शुक्रबार | June 20, 2025

अबको दिन माओवादीकाे हुनेछः अध्यक्ष प्रचण्ड



कैलाली । नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गको अभियान सुरु गर्दै छ।

अभियानको सुरुवात गर्न बैतडीको पाटन जाने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीयबासीसँग भेटघाट गर्नुका साथै ज्ञापनपत्र समेत बुझेका छन् ।

भेटघाटका क्रममा स्थानीयले उठाएका मुख्य समस्याहरूमध्ये खानेपानी र सिँचाइ प्रमुख रहेको   र त्यसको समाधान गर्न सहयोग गर्ने अध्यक्ष प्रचण्डले प्रतिबद्वता जनाए ।

अध्यक्ष प्रचण्डले स्थानीय जनताको माओवादीप्रतिको आकर्षण उल्लेखनीय रहेको बताए। उनले भने, “तराईको अभियानले माओवादी प्रति जनतामा एउटा नयाँ उभार आएको छ । अबका दिन माओवादी र, जनताको दिन समग्रमा हाम्रो हुनेछ।”

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ५ : ३४ बजे

आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

सिरहा । यो आँप पाक्ने याम हो । सिरहाका बजारमा

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा । मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु

संविधान संशोधनको विषय फण्डा जस्तो भएको छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

त्रिदेशीय टी-२० सिरिज : अन्तिम खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा आज नेपालले आयोजक

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२