१३ असार २०८३, शनिबार | June 27, 2026

हुवावे एआई चिप्समाथिको अमेरिकी प्रतिबन्ध विरुद्ध चीनको क्रुद्ध प्रतिक्रिया



बेइजिङ । हुवावेको एआई चिप्समाथि अमेरिकाले विश्वव्यापी रोक लगाउने प्रयास गरेपछि त्यसविरुद्ध चीनले क्रुद्ध प्रतिक्रिया जनाएको छ । चीनले कुनै पनि दमनलाई अस्वीकार गर्ने चेतावनी दिँदै चिनियाँ कम्पनीहरुको अधिकार सुरक्षित गर्ने प्रतिवद्धता जनाएको छ ।

अमेरिकी वाणिज्य विभागको ब्यूरो अफ इन्डस्ट्री एन्ड सेक्युरिटीले हुवावेका चिप्स विश्वको कुनै पनि ठाउँमा प्रयोग गर्दा अमेरिकी निर्यात नियन्त्रण उल्लंघन हुने निर्णय गरेको छ । उसले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) चिप्सलाई चिनियाँ एआई मोडलहरू तालिम दिन प्रयोग गर्न अनुमति दिँदा हुने सम्भावित परिणामहरूबारे विश्वभरका सर्वसाधारणलाई चेतावनी दिएको थियो ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले शुक्रबार भने –‘अमेरिकाले तथाकथित राष्ट्रिय सुरक्षाको अवधारणालाई अत्यधिक विस्तार गरेको छ, निर्यात नियन्त्रण उपायहरूको दुरुपयोग गरेको छ, लामो हातको क्षेत्राधिकार प्रयोग गरेको छ र आधारहीन आरोपहरूमा आधारित चिनियाँ चिप उत्पादनहरू र एआई उद्योगमाथि दुर्भावनापूर्ण प्रतिबन्ध र दमन गरेको छ।’

अमेरिकाको यो कदमले बजार नियमहरूलाई गम्भीर रूपमा उल्लंघन गरेको छ, विश्वव्यापी औद्योगिक र आपूर्ति शृंखलाको स्थिरतालाई खलल पारेको र चिनियाँ कम्पनीहरूको वैधानिक अधिकार र हितहरूलाई गम्भीर रूपमा हानि पुर्‍याएको छ लिनले बताए ।

चीनले यस्ता कार्यहरूको कदापि स्वीकार नगर्ने स्पष्ट पार्दै लिनले अमेरिकालाई तुरुन्तै आफ्नो गलत अभ्यासलाई सच्याउन, चिनियाँ प्राविधिक कम्पनीहरू र एआई उद्योगमाथिको लापरवाहीपूर्ण दमन रोक्न आग्रह गरे। चीनले चिनियाँ उद्यमहरूको वैधानिक अधिकार र हितहरूको रक्षा गर्न दृढ कदमहरू चाल्ने पनि उनले बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ४ : ५९ बजे

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

ओलीले मानव अधिकार आयोगसँग जेन-जी आन्दोलनको प्रतिवेदन मागे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

स्थापना दिवसमा होटल व्यवसायी संघ रुपन्देहीको रक्तदान, तीनदिने कार्यक्रम सुरु

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले आफ्नो २८

स्वर्गद्वारीका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा निधन

बुटवल । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ