९ श्रावण २०८३, शनिबार | July 25, 2026

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते



बुटवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ चारपालमा शुक्रबार दिउँसो हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाले ज्यान गुमाएका छन् । उक्त घटनामा परी अन्य ३ जना घाइते भएको सुनवल-७ का वडा अध्यक्ष नारायण प्रसाद आचार्यले जानकारी दिए ।

सुनवल-७ का अन्दाजी ३० वर्षीया मिरा बयम्बो र ३५ वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको घटनास्थलमा पुगेका वडा अध्यक्ष आचार्यले ग्लोबल आवाजलाई जानकारी दिए । यसैगरी सोही ठाउँका नर्मा परियार, दुर्गा खाम्चा र एक जना परिचय नखुलेका पुरुष घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि रुपन्देहीको देवदह मेडिकल कलेजमा पठाइएको वडा अध्यक्ष आचार्यले जानकारी दिए ।

शुक्रबार दिउँसो करिब साढे ३ बजेको समयमा एक्कासी ठूलो हावाहुरीसँगै वर्षा भएपछि उनीहरु प्रतिक्षालयमा बसेका थिए । सोही समयमा त्यहाँ रहेको रुख ढल्दा उनीहरु च्यापिएका हन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ६ : ५२ बजे

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन