७ चैत्र २०८२, शनिबार | March 21, 2026

पूर्व खेलाडीहरुको संगठनलाई देशब्यापी विस्तार गरिने



नेपालगन्ज । नेपालगन्जमा गठन भएको पूर्व खेलाडी समाज बाँकेले देशभरका पूर्व खेलाडीहरुलाई संगठित गर्ने भएको छ । नेपालमै औपचारिकरुपमा पूर्व खेलाडीहरुको पहिलो संगठित संस्था दर्ता गरेका पूर्व खेलाडीहरुले संरचनालाई देशभर विस्तार गर्ने भएका हुन् ।

आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै खेल गतिबिधिलाई प्रभावकारी बनाउन र देशमा खेलकुद मैत्री वातावरण बनाउन समाजको गठन गरिएको उनीहरुले बताए । पत्रकार सम्मेलनमा बोल्दै पूर्व खेलाडी समाजका कार्यबाहक अध्यक्ष निजामुद्धिन सिद्दीकीले बाँकेमा खेल गतिबिधिलाई प्रभावकारी बनाउँदै समाजलाई अन्य जिल्लाहरुमा पनि विस्तार गर्दै जाने लक्ष्य लिइएको जानकारी दिए । उनले पछिल्लो समय खेल गतिबिधि सुस्त भएको उल्लेख गर्दै युवाहरुलाई कलतमा लाग्नबाट बचाउन र खेलकुदको माध्यमबाट समाजमा गतिबिधि गर्न समाजले योगदान गर्ने प्रतिबद्धता ब्यक्त गरे । समाजले खेल प्रशिक्षण संचालन गर्ने, सम्बद्धहरुका बीच खेल सम्बन्धी अन्तरक्रिया गर्ने र सरकारका तीनै तहलाई घचघच्याउने काम गरिने बताए ।

सो अवसरमा पूर्व खेलाडी समाज बाँकेले नेपालगन्जमा पहिलो गतिबिधिकारुपमा ब्याडमिन्टन र भलिबल प्रतियोगिता गर्ने भएको छ । नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा यही जेठ ९ र १० गते ब्याडमिन्टन तथा जेठ १६ देखी १८ गतेसम्म भलिबल प्रतियोगिता आयोजना गरिने जानकारी दिइयो ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा अण्डर–१५ ब्वाईज सिंगल र मेन्स डबल बी लेबल ब्याडमिन्टन तथा बिद्यालय स्तरीय महिला एवं पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको समाजका कार्यबाहक अध्यक्ष सिद्दीकीले बताए । ब्याडमिन्टनमा ३ लाख ५० हजार तथा भलिबल खेलमा ४ लाख ५० हजार गरी करिव ८ लाख रुपैयाँ खर्च लाग्ने अनुमानित बजेट रहेको उनले जानकारी दिए ।

ब्याटमिन्टन अण्डर–१५ मा प्रथम, द्धितिय र तृर्तिय हुनेलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय तथा मेन्स डबल्समा प्रथम, द्धितिय र तृर्तिय हुनेलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै भलिबलमा महिला तथा पुरुष तर्फ प्रथम, द्धितिय र तृर्तिय हुने टिमलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । पुरस्कार राशीमा सरकारी नियम अनुसार करकट्टी गरिने समाजका अध्यक्ष सिद्दीकीले जानकारी दिए ।

नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा भलिबलतर्फ महिला र पुरुष गरी २५ वटा टिम तथा ब्याडमिन्टनतर्फ ७५ जना खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगिता अवलोकन गर्न निःशुल्क प्रवेशको ब्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्नका लागि प्रतियोगिता सञ्चालन समिति, निर्णायक समिति, मञ्च व्यवस्थापन समिति लगायतका विभिन्न समितिहरु गठन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यक्रममा समाजका महासचिव जयन्त शर्माले समाजको उद्देश्यबारे प्रकाश पारेका थिए । पत्रकार सम्मेलनमा पूर्व खेलाडी समाजका पदाधिकारी, पूर्व खेलाडी, जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ९ : २१ बजे

कर्णाली प्रदेशसभाबाट हिमाली जिल्लामा नियमित हवाई उडान गर्ने ६ बुँदे संकल्पपत्र पारित

कर्णाली । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौं । जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६

ढोरपाटनमा भारी हिमपात

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी