६ असार २०८२, शुक्रबार | June 20, 2025

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : अध्यक्ष प्रचण्ड



डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आवाज सरकारसमक्ष पुर्याउने बताएका छन् ।

बैतडीको पाटनबाट ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ सुरु गरी यहाँ डडेल्धुरा आइपुगेका उनले सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकारसमक्ष पुर्याउने लक्ष्य लिएको बताए ।

“बजेट अगाडि यो अभियान सकेर हामी यहाँका जनताको माग र आवश्यकता सरकारसमक्ष राख्न चाहन्छौँ”, पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले भने, “विशेषतः तराईका मजदुर र किसानका माग सम्बोधन गर्न सरकारलाई पहिले नै आग्रह गरिसकेको छु ।”

उनले मधेस आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादीको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै वर्तमान सत्तालाई जनमुखी बनाउन पहल आवश्यक रहेको बताए । अध्यक्ष प्रचण्डले परशुराम, अजमेरु कोट क्षेत्रको पर्यटन विकास, डडेल्धुरा–भारत सिमानामा भन्सार स्थापनाजस्ता विषयलाई राष्ट्रिय मुद्दा बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पार्टीका महासचिव देव गुरुङले सहिदहरूको योगदानलाई स्मरण गर्दै जनआन्दोलन र सङ्घर्षले ल्याएको परिवर्तनलाई संस्थागत गर्न सबै क्षेत्र गम्भीर हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ९ : ३५ बजे

आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

सिरहा । यो आँप पाक्ने याम हो । सिरहाका बजारमा

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा । मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु

संविधान संशोधनको विषय फण्डा जस्तो भएको छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

त्रिदेशीय टी-२० सिरिज : अन्तिम खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा आज नेपालले आयोजक

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२