२० माघ २०८२, मंगलबार | February 3, 2026

कृषिमा आधारित उद्यमलाई प्रोत्साहन गर्नेगरी नीति अघि बढाउँदैछौं : मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले ल्याउने नीति तथा कार्यक्रम कृषि क्षेत्रमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्नेगरी प्राथमिकतामा राखिएको बताएका छन् ।

राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशन एवम् स्मारिका विमोचन कार्यक्रमलाई शनिबार दाङको सिसहनियाँमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कृषि क्षेत्रको विकास र उद्यमीहरूलाई प्रवर्द्धन गर्ने नीति सरकारको रहेको स्पष्ट पारे ।

‘हामीले ल्याउँदै गरेको नीति तथा कार्यक्रममा कृषिमा संलग्न उद्यमीहरूलाई अझ प्रेरणा प्रदान गर्ने र सहयोग गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएका छन,’ उनले भने, ‘तपाईंहरूको भावना बुझेर, भावना छुनेगरी योजनालाई कार्यक्रममार्फत कार्यान्वयन गर्दैछौं । उद्यमीहरूका निम्ति पनि उद्यमीमैत्री कार्यक्रमहरू अघि बढाउने सोच र लक्ष्यसहित काम गरिरहेका छौं ।’

मुख्यमन्त्री आचार्यले व्यवसायी तथा उद्यमीहरूसँग प्रदेश सरकार सधैं साथमा रहेको बताउँदै उच्च मनोबलका साथ व्यवसायमा दत्तचित्त भएर अघि बढ्न आह्वान गरे ।

उनले आधारभूत वर्गलाई उत्पादन कार्यसँग नजोडिएसम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने स्पष्ट पार्दै स्थानीय उत्पादन बढाउन र त्यसमा आधारभूत वर्गको अनिवार्य सहभागिता आवश्यक रहेको धारणा राखे ।

‘हामी उत्पादन कार्यसित नजोडिएसम्म मुलुकको विकास सम्भव छैन । गाउँको विकास पनि सम्भव छैन । यो कुरा सरकारले राम्रोसँग बुझेको छ,’ मुख्यमन्त्री आचार्यले भने,’हाम्रा आधारभूत तहका जनताको जीवनस्तर माथि उठाएनौं भने मुलुकको समग्र विकास सम्भव छैन ।’

व्यवसायमैत्री वातावरण निर्माणमा प्रदेश सरकारले भूमिका बढाएको उल्लेख गर्दै उनले व्यवसायको विकासका लागि बनाइएका कानुन, नीति, नियम, कार्यविधिहरू बाधक भएमा सुधार गर्न सरकार तयार रहेको जानकारी दिए ।

प्रदेश राजधानी क्षेत्रको विकासका निम्ति वर्तमान सरकार गम्भीर रहेको र लगानीको खोजी भइरहेको जानकारी दिँदै उनले अनावश्यक हल्ला, भ्रम र कुप्रचार फैलाउनेभन्दा राजधानी निर्माणमा हातेमालो गरेर अघि बढ्नुपर्ने समय आएको उल्लेख गरे ।

मुख्यमन्त्री आचार्यले समस्याहरूलाई राम्रोसँग बुझेको र त्यसको समाधानका लागि गम्भीर भएर काम अघि बढाइएको स्पष्ट पारे ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषि र उद्यम क्षेत्रको विकास अत्यावश्यक रहेको बताए । चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले स्थानीय उत्पादनको बजारीकरणका लागि निजी क्षेत्र तयार रहेको उल्लेख गर्दै प्रदेश राजधानी क्षेत्रलाई नयाँ ढंगले अघि बढाउन निजी क्षेत्रले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल शर्मा बेल्वासेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृषि, उद्यम लगायतका क्षेत्रमा उत्कृष्टता हासिल गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  २ : ०४ बजे

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

रोम । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट