८ माघ २०८२, बिहिबार | January 22, 2026

दासढुङ्गामा मदन–आश्रित स्मृतिसभा



चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति श्रद्धाञ्जली दिन आज दासढुङ्गामा स्मृतिसभा सम्पन्न भएको छ ।

एमाले चितवनको आयोजना र मदनभण्डारी फाउण्डेशन चितवनको संयोजनमा भएको सभामा नेता कार्यकर्ताले नेताद्वयको शालिकमा माल्यार्पण गर्नुका साथै शब्दद्वारा श्रद्धासुमन व्यक्त गरेका थिए । दासढुङ्गा मदन–आश्रितको जिप त्रिशूलीमा खसेको स्थल हो ।

सो अवसरमा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारीमा वैचारिक क्षमता अद्भूत रहेको चर्चा गर्दै उनमा जुनसुकै कुरा बुझाउनसक्ने क्षमता रहेको बताए । मदन र आश्रितको परिवारले धेरै ठूलो त्याग गरेको बताउँदै उनले भने, “हामीले एक दिन दासढुङ्गामा आएर फूल चढाउँछौँ, तर उहाँहरुको परिवारले अभिभावक र परिवारको मुली गुमाएको छ ।”

एमाले स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले ‘जनताको बहुदलीय जनवाद’ तीन दशकको अभ्यासबाट प्रमाणित भइसकेको बताए । जीवराजलाई कुशल सङ्गठक हुनुका साथै आदर्श नेता पनि भएको उनको भनाइ छ ।

एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले जेठ ३ लाई अध्याँरो दिनका रुपमा चित्रण गरे । जीवराजका छोरा डा सागर न्यौपानेले आजको दिनलाई कालो दिनको सङ्ज्ञा दिँदै षड्यन्त्रपूर्वक देशीविदेशी शक्तिहरुले नेताद्वयको हत्या गरेको बताए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इञ्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया, जिल्ला अध्यक्ष कमल पाठक लगायतले बोलेका थिए । विसं २०५० जेठ ३ गते नारायणगढ–मुग्लिन सडकखण्डको दासढुङ्गामा मदन–आश्रितको रहस्यमय जिप दुर्घटनामा निधन भएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  ४ : ११ बजे

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा

पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि देशका विभिन्न

लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६औँ चार्टर नाइट सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६ औँ चार्टर

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको