२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

बुल्दीखोलामा पुल निर्माण



तनहुँ । जिल्लाको व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठबाट बसपार्क जावतजावत बुल्दीखोलामा पुल निर्माण गरिएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले बुल्दीखोलामा एक स्पामको पुल निर्माण गरिएको बताए । पुल निर्माणपछि बसपार्कमा गाडी व्यवस्थापनका साथै सवारी र सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ ।

विसं २०८२ भदौ ३० गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सम्झौता गरेको थियो । सम्झौताभन्दा अगावै २०८२ वैशाख २२ निर्माण सम्पन्न गरेको थियो । उक्त पुलको लम्बाई २५ मिटर र आठ दशमलव ४० मिटर चौडाइ छ । पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड २८ लाख ९४ हजार ६९० (मूल्य अभिवृद्धि करसहित) को लागतमा निर्माण सम्पन्न गरिएको हो ।

यसमा सङ्घीय सरकारको रु एक करोड ३५ लाख रहेको छभने बाँकी रकम व्यास नगरपालिकाको आफ्नै स्रोतबाट व्यवस्थापन गरेको छ । कामलाई निरन्तरता दिने हो भने सम्झौताभन्दा अगावै काम सम्पन्न गर्न सकिन्छ भन्ने गतिलो सन्देश अन्य निर्माण व्यवसायीलाई समेत दिएको व्यासका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए ।

पूर्वाधार विकास कार्यालयका इञ्जिनियर विजय थापाले गर्नुभएको तेश्रो पक्ष मुल्याङकनमा कुनै पनि कैफियत नदेखाई मूल्याङकन पास गरेपछि निर्माण कम्पनीलाई अन्तिम किस्ता भुक्तानीका लागि प्रक्रिया अघि बढाइएको हो ।

पुल बनेपछि सवारी आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर बस्ती संरक्षणमा सहयोग पुग्ने बताइएको छ । बर्खायाममा खोलामा बाढी आउँदा कजवेबाट पानी निकासा हुन नसक्दा खोला आसपासका बस्तीमा पानी पसेर क्षति हुने गरेको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  ७ : २७ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी । पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड

भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको

एनपिएल : पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध

देउसी भैलोको बहानामा सार्वजनिक स्थानमा अश्लिल नृत्य गर्ने थप ३ जना पक्राउ

बुटवल । देउसी भैलोको बहानामा सार्वजनिक स्थानमा अश्लिल नृत्य गर्ने

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि