२२ चैत्र २०८२, आइतबार | April 6, 2026

ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु



पोखरा । कसमस इन्टरनेशनल कलेज (सीआईसी), पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ । यो शैक्षिक कार्यक्रम द ब्रिटिस कलेज (टीबीसी), काठमाडौँको म्यानेजमेन्टमा पुनः सुरु भएको हो ।

सन् २००६ मा स्थापना भएको कसमस कलेजलाई नयाँ आयम दिँदै ब्रिटिस कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित लेखनाथ– ३० सिसुवामा ए–लेभल सुरु गरेको हो । यससँगै कसमस इन्टरनेशन कलेज अब ब्रिटिस एजुकेशन ग्रुपमा आधिकारिक रुपमा समावेश भएको छ, जसले नेपालभर गुणस्तरीय शिक्षा विस्तार गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि ब्रिटिस ग्रामर स्कूलका भाइस प्रेसिडेन्ट पाउल क्लिभ्स र द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक सुरुवात गरे । कार्यक्रमलाई सम्बोधन गर्दै क्लिभ्सले भने, “गुणस्तरीय शिक्षा राष्ट्रको विकासको आधार हो । कसमस इन्टरनेशनल कलेजको पुनः सुरुवातले हजारौं युवाहरूको भविष्य निर्माणमा टेवा पुग्नेछ भन्ने विश्वास लिएको छु ।”

“सन् २०१२ मा शिक्षामा रूपान्तरण ल्याउने उद्देश्यसहित काठमाडौँबाट सुरु भएको हाम्रो शैक्षिक यात्रा आज नेपालभर विश्वासिलो ब्रान्डका रूपमा स्थापित भइसकेको छ । हाल ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतका शैक्षिक संस्थाहरूमा ६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । हाम्रा ग्राजुएटहरू विश्वका प्रतिष्ठित कम्पनीहरूमा कार्यरत छन्, कतिपयले आफ्नै स्टार्टअप सञ्चालन गरिरहेका छन् भने थुप्रैले २० भन्दा बढी देशका ख्यातिप्राप्त विश्वविद्यालयहरूमा थप अध्ययन गरिरहेका छन् ।”

कार्यकारी अध्यक्ष कँडेलले भने, “हामी द ब्रिटिस कलेज, काठमाडौँबाट प्राप्त गुणस्तरीय शिक्षाको मापदण्डलाई अब पोखरामै ल्याउन पाउँदा गर्व महसुस गर्दैछौं । हामी पोखरामा पनि अन्तर्राष्ट्रियस्तरको विश्वसनीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छौं ।”
कार्यक्रममा हिसान, प्याब्सन, एनप्याब्सन, पोखरा उद्योग वाणिज्य संघ लगायतका विभिन्न संघसंस्था, पत्रकार, अभिभावक, विद्यार्थी तथा समाजका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ए–लेभल कार्यक्रम सुरु भएसँगै कलेजले विशेष छात्रवृत्ति योजनाको घोषणा पनि गरेको छ । योजनाअनुसार प्रारम्भिक चरणमा भर्ना हुने विद्यार्थीहरूलाई ५० प्रतिशतसम्म ट्युसन फी छुट, सुरुका २० जना विद्यार्थीलाई निःशुल्क भर्ना, राष्ट्रिय स्तरका खेलाडी तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई अतिरिक्त छात्रवृत्ति, साथै उपत्यकाका प्रमुख स्थानहरूबाट निःशुल्क यातायात सुविधा उपलब्ध गराइनेछ ।
हाल कलेजमा भर्ना प्रक्रिया सुरु भइसकेको छ । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले १० जुन २०२५ भित्र भर्ना प्रक्रिया पूरा गर्नुपर्नेछ ।

टीबीसीको म्यानेजमेन्टमा कार्यक्रम पुनः सञ्चालन भएसँगै कलेजले विद्यार्थी केन्द्रित वातावरण, व्यवहारिक सिकाइ र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  २ : ३६ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको