६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली



बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म पनि बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । वैशाख २६ गते रिलिज यो फिल्मको उत्साहजनक व्यापारसँगै कलाकारसहित निर्माण टोली मोफसल यात्रामा निस्केको छ ।

निर्माण घोषणादेखि नै चर्चामा रहेको टिजर, ट्रेलर र गीत-संगीतले दर्शकमाझ राम्रो ‘हाइप’ बनाएको यस चलचित्रका कलाकार तथा निर्माण टोलीले बुटवलका दर्शकहरुसँग पनि भेट गरेका छन् । मोफसल यात्रा अन्तरगत शनिबार बुटवल आइपुगेको कलाकारसहितको निर्माण टोलीले बुटवलका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको हो ।

यसैबीच आइतबार बिहान तिलोत्तमास्थित होटल पौवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता विपिन कार्कीले दर्शकबाट उत्साहजनक माया प्राप्त भएको उल्लेख गरे । नेपाल चलचित्र पत्रकार संघ रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बच्चादेखि बुढा उमेरसम्मका दर्शक हलसम्म पुग्ने गरेको र सबैबाट उत्तिकै माया र सकारात्मक प्रतिक्रिया पाउन सफल भएको दाबी गरे ।

ऊनको स्वीटरबाटै डेब्यू गरेका नायक एलेक्स पारसले माफसल यात्राले आफूलाई उत्साह थपिदिएको प्रतिक्रियाँ दिँदै फिल्म हलमा पुग्दा दर्शकले देखाउने प्रतिक्रियाहरुबाट आनन्द प्राप्त गरिरहेको उल्लेख गरे । यसैगरी नायिक परीक्षा लिम्बु, गायक सुजन चापागाईं तथा कार्यकारी निर्माता मिलन खत्रीले मोफसल यात्राको अनुभव सुनाउँदै आफूहरुले अपेक्षा गरेकोभन्दा बढी उत्साह दर्शकमा देखिएको उल्लेख गरे ।

नवीन चौहान निर्देशित फिल्म आर्टमाण्डू प्रा.लिले निर्माण गरेको हो । निर्देशक चौहानकै लेखन रहेको फिल्म पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा छायाङ्कन गरिएको छ ।

चिन्तन राजभण्डारीको छायाङ्कन रहेको फिल्मको सम्पादन कृष्ण भण्डारीले गरेका हुन् । सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माता रहेको फिल्मको वितरण काफिया फिल्मस प्रा।लि र कुबेर सिने डिस्ट्रीब्युसनले गरिरहेको छ । फिल्म युनिटले बुटवलपछि चितवन, पोखरा हुँदै पूर्वमा विर्तामोडसम्म पुगेर मोफसल यात्रा समापन गर्ने जनाएको छ ।

कार्यक्रममा चलचित्र पत्रकार संघ रुपन्देहीका संस्थापक अध्यक्ष सुमन रश्मी श्रेष्ठसहित विभिन्न सञ्चारकर्मीहरुले कलाकार तथा फिल्म युनिटसँग साक्षात्कार गरेका थिए । पत्रकार डि.बी. सुस्लिङको सञ्चालन तथा चलचित्र पत्रकार संघ रुपन्देही अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  ५ : १६ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का