४ पुस २०८२, शुक्रबार | December 19, 2025

आईपीएल : गुजरात दिल्लीविरुद्ध १० विकेटले विजयी



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटानले दिल्ली क्यापिटललाई १० विकेटले हराएको छ । आइतबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरातले विना विकेटको क्षति १९ ओभरमा २०५ रन जोडेको हो ।

साइ सुदर्शनले अविजित रहँदै ६१ बलमा १०८ रन बनाउँदा कप्तान शुभमन गिलले ५३ बलमा ९३ रन जोडे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ३ विकेटको क्षतिमा १९९ रन जोडेको थियो । दिल्लीका लागि लोकेश राहुलले अविजित रहँदै ११२ न जोडे । ६५ बलको सामना गरेका उनले १४ चौका र चार छक्का प्रहार गरे । अभिषेक पोेरेलले ३०, अक्षर पटेलले २५ तथा ट्रिस्टियन स्टब्सले अविजित रहँदै १० बलमा २१ रन जोडेका थिए।

यो खेलको समाप्तिसँगै शीर्ष स्थानको गुजरात, दोस्रो स्थानको बंगलोरु र तेसो स्थानको पन्जाब आईपीएलको प्ले अफमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ७ : १३ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ