२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान



काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि आज अपराह्न चीनको शान्सी प्रान्तको सियान शहर तर्फ प्रस्थान गरेकी छन् । उपाध्यक्ष विमला घिमिरे ८ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी हुन् ।

मित्रराष्ट्र चीनको शान्सी प्रान्तको सियान शहरमा यही जेठ ५ गतेदेखि १० गतेसम्म आयोजना गरिएको शाङ्घाई सहयोग संगठन गरिबी न्यूनीकरण र दिगो विकास मञ्च र नवौं सिल्क रोड अन्तर्राष्ट्रिय प्रदर्शनी र पूर्व र पश्चिम चीन बीच सहयोगको लागि लगानी तथा व्यापार मञ्चको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । दुबै कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्नेछिन् ।

उनी संगै प्रतिनिधि सभा सदस्यद्वय दिनेशकुमार यादव र उर्मिला माझी र राष्ट्रिय सभाका सदस्यद्वय बेदुराम भुसाल र सुमित्रा बिसी, संसद सचिवालयका उपसचिव पुष्पप्रकाश मल्ल, शाखा अधिकृत नविन भट्टराई र उपाध्यक्षका स्वकिय सचिब प्रेमबहादुर सिंह प्रतिनिधि मण्डलमा सहभागी छन् ।

चीन भ्रमण सकेर जेठ १० गते प्रतिनिधि मण्डल स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ३ : ०४ बजे

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, २३.९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा

पश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना

काठमाडौं। पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन