२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आईसीसी विश्वकप लिग-२ : अभ्यास खेलमा दीपेन्द्र र भीमको शतकमा नेपाल १२४ रनले विजयी



काठमाडौं । आईसीसी विश्वकप लिग-२ को अभ्यासका लागि युके पुगेको नेपाली टोलीले एक दिवसीय खेलमा लगातार दोस्रो जित निकालेको छ । दीपेन्द्र र भीमको शतकमा नेपालले मेरिलेबोन क्रिकेट क्लबलाई ३३६ रनको विशाल लक्ष्य दिएको हो। नेपालले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै ३३५ रन बनाएको हो ।

नेपालका लागि ६७ बलको सामना गरेका दीपेन्द्रले १२ चौका र चार छक्काको मद्दतमा सर्वाधिक ११० रन बनाए । भीमाले ९० बलको सामना गर्दै १० चौका र दुई छक्कासहित १०४ रन बनाएका थिए। नेपालका दीपेन्द्र र भीम दुवै रिटायर्ड हट भएका थिए ।

यसअघि नेपालका अनिलकुमार साह २७ रनमा आउट हुँदा बसीर अहमद ३७ र करण केसी १६ रनमा अविजित रहे । नेपालविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको मेरिलेबोन क्रिकेट क्लबका कुनै पनि खेलाडीले टिकेर खेल्न सकेनन् । नेपालले मेरिलेबोनलाई ३५.३ ओभरमा २१२ रनमा अलआउट गरेको हो ।

यसअघि पहिलो अभ्यास खेलमा नेपालले कार्डिफको न्युपोर्ट टोलीलाई तीन विकेटले हराएको थियो । शुक्रबार सम्पन्न खेलमा २१३ रनको लक्ष्य नेपालले ३७.५ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको थियो ।

उक्त खेलमा नेपालका लागि आरिफ शेख र गुल्सन झाले सानदार अर्धशतक बनाएका थिए। गुल्सनले नेपालका लागि सर्वाधिक ८० रन बनाउँदा आरिफले नटआउट ७३ रन बनाएका थिए । आरिफ र गुल्सनले सातौ विकेटका लागि १३४ रनको साझेदारी गरेका थिए ।

युकेमा नेपालले थप एक टोलीसँग अभ्यास खेल्नेछ। युकेको अभ्यास सकेपछि नेपालले लिग-२ का खेल खेल्नेछ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ८ : १६ बजे

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज