९ चैत्र २०८२, सोमबार | March 24, 2026

विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा शुद्धोधनका अध्यक्ष बुटवलबाट पक्राउ



बुटवल । विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा एकजना पालिका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीलाई विद्युतीय अपराध मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत रुपन्देहीको पक्राउ पुर्जीका आधारमा उनलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । पक्राउ परेका अध्यक्ष चौधरीमाथि बलात्कृत महिला तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा गत जेठ १ गते रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

अदालतको आदेशपछि चौधरी केही दिन सम्पर्कविहीन थिए । मंगलबार भने उनी बुटवल आएको बेला इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।

चौधरीलाई पक्राउ गरेर बुझाउन इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो । पक्राउ परेका चौधरीलाई प्रहरीले अनुसन्धान र म्याद थप प्रक्रियाका लागि सरकारी वकिल कार्यालय लगेको छ । उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ३ : २० बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११