१ असार २०८३, सोमबार | June 15, 2026

मापदण्ड विपरीत काम गर्ने नेपालगन्जका पाँच फर्ममाथि मुद्दा दर्ता



नेपालगन्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले बजारमा रहेका पाँच मापदण्ड विपरीतका सेवामूलक फर्म तथा कम्पनीविरूद्ध मुद्दा दर्ता गरेको छ । ती फर्म तथा कम्पनीमा कैफियत भेटिएपछि कसुरअनुसार एउटा मुद्दा जिल्ला अदालत बाँकेमा र चारवटा मुद्दा जिल्ला प्रशासन कार्यालय, बाँकेमा दर्ता भएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले जानकारी दिए ।

सो कार्यालयले नेपालगञ्जका विभिन्न वडामा रहेका क्वालिटी चाउमिन तथा सस उद्योग, डिउ ड्रप ड्रिङ्किङ वाटर, इन्ड्रष्टिज, वाइ के ड्रिङ्किङ वाटर, उद्योग, गोल्डेन प्रशोधित पिउने पानी र बिसमिल्ला होटेल, नेपालगन्जविरूद्ध मुद्दा दर्ता भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले जनाएको छ ।

ती फर्म तथा कम्पनीमध्ये खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले बिर्यानी, सोर्मा र कबावमा बाह्य सिन्थेटिक रङ्ग प्रयोग गरेको र होटलको व्यवस्थापन फोहोर गरेको कसुरमा नेपालगञ्ज–११ इदगाह रोडमा रहेको बिस्मिल्लाह होटलविरूद्ध बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेको कार्यालयका सूचना अधिकारी रामहरि लामिछानेले जानकारी दिए ।

उक्त होटलमा केही दिनअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज, उपमहानगरपालिका, वडा कार्यालय, वडा प्रहरी कार्यालयसहित गएको संयुक्त अनुगमन टोलीले अनुमगन गरेको थियो । अनुगमनमा बिस्मिल्ला केटर्स चिकन शोर्मा एन्ड बिरयानी होटल नामको बोर्ड राखेको तर घरेलु तथा साना उद्योग कार्यालय, बाँकेमा बिस्मिल्ला होटल भनी दर्ता भएको उक्त होटलको सरसफाइ र भान्सामा देखिएको फोहोर तथा खाद्य वस्तुमा अखाद्य रङ्गको प्रयोग गरेको फेला परेपछि अनुसन्धान गरी मुद्दा दायर गरिएको हो । उनीहरूलाई रू ५० हजार जरिवाना तथा कैद वा दुवै हुन सक्ने कानुनी प्रावधान रहेको छ ।

नेपालगन्जले खाद्य बजार अनुगमन ४३ वटा, होटल, रेष्टुरेन्ट अनुगमन ३८ वटा, खाद्य उद्योग अनुगमन ११० वटा, दाना उद्योग अनुगमन चारवटा गरेको जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले वैशाखसम्म १ हजार ९४२ वटा खाद्य नमूना विश्लेषण, ९७ वटा दाना नमूना विश्लेषण, तरकारी तथा फलफूलको विषादी परीक्षण २०९ वटा, उत्पादन बिक्री तथा रोक्का दुईवटा गरेको छभने रू २१ लाख ६९ हजार ३७३ राजस्व सङ्कलन भएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ३ : ४६ बजे

कार्यदलको सुझावअनुसार एमाले पुनर्गठन हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

लुम्बिनी चेम्बरको प्रतिक्रिया : निजी क्षेत्रलाइ अपेक्षित बजेट आएन

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८/०८४ का

अधिकमास समाप्त

काठमाडौँ । गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि