६ असार २०८२, शुक्रबार | June 20, 2025

गभर्नरका लागि विश्व पौडेलको नाम एक नम्वरमा सिफारिस



काठमाडौं । गभर्नर सिफारिस समितिले प्राडा विश्वनाथ पौडेलको नाम एक नम्वरमा सिफारिस गरेको छ ।

मंगलबार बसेको सिफारिस समितिले पौडेलको नाम पहिलो नम्बरमा राख्दै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिमा राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे छन् ।

सिफारिस समितिले गरेको सिफारिसका आधारमा आजै बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्नेछ ।

गभर्नर को बनाउने भन्ने विषयमा सत्ता साझेदार दुई ठूला दलबीच विवाद हुँदा चैत २४ गतेदेखि यो पद रिक्त छ । तर, आजै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच विश्व पौडेललाई नै गभर्नर बनाउने अन्तिम सहमति भएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ५ : ३६ बजे

आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

सिरहा । यो आँप पाक्ने याम हो । सिरहाका बजारमा

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा । मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु

संविधान संशोधनको विषय फण्डा जस्तो भएको छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

त्रिदेशीय टी-२० सिरिज : अन्तिम खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा आज नेपालले आयोजक

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२