३ पुस २०८२, बिहिबार | December 18, 2025

चौरजहारीमा आयोजित जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट : प्रचण्ड



रूकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट कार्यक्रमको रूपमा उल्लेख गरेका छन् ।

मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत सानीभेरी गाउँपालिका चाइनाबगरबाट रूकुम प्रवेश गरेको प्रचण्ड नेतृत्वको टोलीलाई जिल्लाका विभिन्न कार्यक्रमहरू सकिएपछि बास बस्नका लागि मुसिकोट नगरपालिका–५ स्थित सेरी गाउँमा व्यवस्थापन गरिएको थियो। सेरी गाउँमा अभियान टोलीलाई भव्य स्वागत गरिएको थियो। अध्यक्षसहितको टोलीलाई पार्टी नेता, कार्यकर्ता तथा स्थानीयबासीहरूले फूलमाला र नाराजुलुससहित स्वागत गरेका थिए। स्वागतपछि अध्यक्ष प्रचण्डले आफूलाई स्वागत गर्न उपस्थित बुद्धिजीवी, व्यवसायी, पार्टी नेता तथा कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरे ।

सम्बोधनमा अध्यक्ष प्रचण्डले रूकुम प्रवेश गरेदेखि नै कार्यक्रमहरू उत्साहजनक भएको बताउँदै, चौरजहारीको जनसभामा उत्साहपूर्ण जनसहभागिता र समर्थनले आफू अत्यन्त उत्साहित भएको उल्लेख गरे । उनले मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गतका जनसभा र कार्यक्रमहरूमा चौरजहारीको जनसभा सबैभन्दा सशक्त र व्यापक भएको धारणा व्यक्त गरे ।

“पार्टीप्रति रूकुमबासीको माया, समर्थन र सहभागिता कहिल्यै बिर्सने छैन,” प्रचण्डले भने, “यहाँका जनताप्रति हाम्रो जिम्मेवारी झनै बढेको छ। विकासका योजना र पार्टीको प्राथमिकता अब रूकुममै केन्द्रित गर्नेछौँ।”

उनले पार्टीले रूकुमको समुचित विकासमा विशेष ध्यान दिने प्रतिबद्धता जनाउँदै, स्थानीय तहसँग सहकार्य गरेर पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा योजनाबद्ध रूपमा अघि बढ्न आवश्यक रहेको बताए।

कार्यक्रममा स्थानीय नेता, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ८ : ४८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका