११ पुस २०८२, शुक्रबार | December 26, 2025

राष्ट्रियसभाको बैठक बस्दै, पर्यटन विधेयक प्रस्तुत गरिने



काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले ‘शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकमा राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ७ : २० बजे

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको

प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार, बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली सेनाका

प्रधानमन्त्री कार्कीद्वारा तीन दलका शीर्ष नेताको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा छलफल