३ पुस २०८२, बिहिबार | December 19, 2025

पाँचवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक आज (बुधबार) बस्दैछन् । बुधवार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गरिने छ ।

आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे ७ बजे बस्दैछ । बैठकमा दुई वटा उपसमितिहरूले तयार पारेका प्रतिवेदनहरू समिति समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको पनि आज बस्दैछ । बिहान ८ः३० बजे बस्ने बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधन सहित दफावार छलफल गरिने कार्यसूची रहेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिनको २ बजे बस्ने भएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।

यसै गरी आज सार्वजनिक लेखा समितिको ४१ औँ बैठक दिनको १ बजे बस्दैछ । सिंहदरबार बस्ने बैठकमा आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन माथि छलफल गरिने सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ८ : ४९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको