११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

तिनाउको ड्यामसाइडमा पौडी खेल्ने क्रममा एक भारतीय युवक बेपत्ता



बुटवल । तिनाउ गाउँपालिका–३ स्थित तिनाउ नदीको ड्यामसाइडमा पौडी खेल्ने क्रममा एक भारतीय युवक बेपत्ता भएको छ। बेपत्ता हुनेमा भारतको महाराजगंज जिल्ला अन्तर्गत नौतनवा निवासी १८ वर्षीय युवक सोएब अन्सारी रहेका छन् ।

प्रहरीका अनुसार आफ्ना दाजुभाइ र साथीहरू सहित बुटवल घुम्न आएका अन्सारी सहितको टोली तिनाउको ड्यामसाईडमा पौडी खेल्न पुगेको र पौडी खेल्ने क्रममा अन्सारी ड्यामको रहमा डुबेर बेपत्ता भएका थिए।

डुबेका अन्सारी यो समाचार तयार पार्दा सम्म फेला परेको छैन । बेपत्ता अन्सारीको खोजी कार्य जारी रहेको प्रहरी चौकी दोभानका प्रमुख रोम केसीले बताए । खोलामा पानीको बहाव बढेकाले खोजतलासमा कठिनाइ भइरहेको उनले जनाए।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ५ : ०२ बजे

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम

चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो शुरु

बुटवल । चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो प्रतियोगिता २०८३

तनहुँमा बस दुर्घटना : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको