१२ असार २०८३, शुक्रबार | June 26, 2026

दश महिनामा १३ हजार पर्यटक रारा पुगे



मुगु । नेपालकै प्रमुख पर्यटकीय केन्द्र रारामा १३ हजारभन्दा बढी पर्यटक पुगेका छन् । गत वर्ष साउनदेखि यही वैशाख मसान्तसम्म उनीहरुले रारा क्षेत्रको भ्रमण गरेका हुन् ।

रारा राष्ट्रिय निकुन्जको कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले दिएको जानकारीअनुसार गत वैशाख मसान्तसम्म रारा घुम्न आएका पर्यटक सङ्ख्या हेर्दा विगत वर्षभन्दा यो वर्ष बढेको देखिएको छ । सो अवधिमा आन्तरिक पर्यटक १२ हजार ७६१, सार्क राष्ट्रका ४५ र अन्य देशका २०८ जनाले राराको भ्रमण गरेका छन् ।

आर्थिक वर्ष २०८०÷८१ मा १७ हजार २९७ पर्यटकले राराको भ्रमण गरेका थिए । तर यस वर्ष वैशाखमै १३ हजार बढी पर्यटक रारा पुगेकाले असार मसान्तसम्म अझै बढने र गत वर्षभन्दा बढी पर्यटक रारा पुग्ने आश गरिएको अधिकृत न्यौपानेले बताए ।

यस्तै विभिन्न शिर्षकमा रु ४४ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ । रारा राष्ट्रिय निकुन्जको कार्यालयले यही जेठ ५ गतेसम्म विभिन्न शिर्षकमा सो राजस्व सङ्कलन गरेको हो । यसमध्ये पर्यटन शुल्कबाट रु ३१ लाख २७ हजार राजस्व उठेको छ । रारा घुम्न आउने पर्यटकमध्ये आन्तरिकतर्फ प्रति व्यक्ति रु एक हजार, सार्क राष्ट्रका नागरिकलाई रु एक हजार ५०० र विदेशी अन्य देशका नागरिकलाई रु तीन हजार पर्यटन शुल्क तोकेको छ ।

सडक स्तरोन्नति नहुँदा रारा आउन सास्ती

राज्यले रारा पुग्ने सडक कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक स्तरोन्नति गरे पर्यटकको सङ्ख्या बढ्ने रारा मध्यवर्र्ती क्षेत्र विकास समितिका अध्यक्ष विष्णुबहादुर रावल बताउँछन् ।

उनी भन्छन्, “सडकको अवस्था नाजुक छ, ठूला गाडी गुड्न सडक साँघुरो छ, सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुन्छ । रारा विमानस्थलमा नियमित हवाइ उडान हुने हो भने कर्णाली प्रदेशकै आर्थिक अवस्थामा सुधार आउने देखिन्छ ।”

रारामा पर्यटकमैत्री भौतिक पूर्वाधारको अभाव छ । त्यसैले रारामा अझ बढी पर्यटक भित्र्याउन र पर्यटकको बसाइ लम्ब्याउन सरकारले बृहत् रारा विकास प्राधिकरण गठन गरी यहाँको विकासका लागि कदम चाल्नुपर्छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ९ : ५३ बजे

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौं । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस

साइबर अपराध मुद्दामा पत्रकार विनोद ढकाल पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाल साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका

नक्कली औषधि प्रकरणबारे औषधि व्यवसायी संघ रुपन्देहीको ध्यानाकर्षण, दोषीलाई कडा कारबाहीको माग

बुटवल । बुटवलस्थित सैनामैना हेल्थ सेन्टरमा नक्कली औषधि फेला परेको