२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईपीएल : कोलकाता माथि हैदरावादको सानदार जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई ११० रनको फराकिलो अन्तरले हराएको छ । सनराइजर्सले दिएको २७९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता ८ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १६८ रनमा सीमित भएको हो ।

हैदरावादलाई शानदार जित दिलाउने क्रममा हेनरिक क्लासेनले अविजित रहँदै ३९ बलमा १०५ रनको विस्फोटक शतकीय पारी खेले । उनले ३७ बलमा शतक पुरा गरेका थिए । यो आईपीएलमा तेस्रो छिटो शतक हो ।

केलकाताका लागि मनिस पाण्डेले २३ बलमा ३७ तथा हर्षित रानाले २१ बलमा ३४ रन प्रहार गरे । सुनिल नारायणले १६ बलमा ३४ रन जोडे । हैदरावादका जयदेव उन्नाकदले चार ओभरमा २४ रन खर्चेर तीन, एसन मालिङ्गाले ३.४ ओभरमा ३१ रन खर्चेर तीन तथा हर्स दुबेले चार ओभरमा ३४ रन खर्चेर तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले तीन विकेटको क्षतिमा २७८ रन जोडेको हो । क्लासेनका संगै ट्रेभिस हेडले ४० बलमा ७६ तथा अभिषेक शर्माले १६ बलमा ३२ रन जोडे । अङ्कित वर्माले अविजित रहँदै ६ बलमा १२ रन प्रहार गरे । भने इशान किसनले २० बलमा २९ रन जोडे ।

यो स्कोर आईपीएल इतिहासमा तेस्रो ठुलो स्कोर हो । गत सिजन हैदरावादले नै बंगलोरुविरुद्ध पाँच विकेटको क्षतिमा २८७ रन बनाएको थियो । यसै सिजनको सुरुवातमा हैदरावादले नै राजस्थान रोयल्ससँगको खेलमा ६ विकेटको क्षतिमा २८६ रन बनाएको थियो ।

जितपछि हैदरावादले १३ अङ्कसहित प्रतियोगिताको अन्त्य गरेको छ । हैदरावाद छैटौँ स्थानमा रहेको छ भने केलकाता १२ अङ्क सहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ७ : ०६ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको