२१ माघ २०८२, बुधबार | February 4, 2026

घट्यो नेप्से परिसूचक



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव २१ अङ्कले घटेर दुई हजार ६७४ दशमलव ७६ को विन्दुमा कायम भएको हो ।

आज ३३७ कम्पनीको एक करोड ७१ लाख ६० हजार ६२५ कित्ता शेयर ६९ हजार ६५१ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ५८ करोड ५० लाख २२ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैङ्किङ समूह शून्य दशमलव १७ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क शून्य दशमलव २७, वित्त शून्य दशमलव १२, होटल तथा पर्यटन शून्य दशमलव ९१, जलविद्युत् शून्य दशमलव ०६ र लगानी समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा शून्य दशमलव २०, लघुवित्त एक दशमलव ५०, म्युचुअल फन्ड शून्य दशमलव ०८, निर्जीवन बीमा शून्य दशमलव ३२, व्यापार शून्य दशमलव १३ र अन्य समूह शून्य दशमलव ४८ प्रतिशतले घटेको छ ।

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रु ६४ करोड ३१ लाख ५० हजार ९०० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको १४ लाख ८९ हजार ३०२ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ३ : ४९ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता