२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

पाँचथर पुगेर डा. कोइरालाले भने : कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन



फिदिम । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीका कार्यकर्ताले नेताको झोला मात्र बोकेर नहुने बताएका छन्। आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पाँचथरको फालेलुङ आएका कोइरालाले कांग्रेस कार्यकर्ताहरू स्वभिमानी बन्नुपर्ने बताएका हुन्।

‘नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेताको झोला बोक्ने र उनीहरुको पछि कुदेर मात्र हुँदैन,’ कोइरालाले भने, ‘कार्यकर्ताहरू स्वाभिमानी बन्नुपर्छ। आफूलाई आफैंले सक्षम नेतृत्वको रुपमा स्थापित गर्नुपर्छ। नेता खुसी पार्न हैन जनतालाई खुसी बनाउने काम कार्यकर्ताले गर्नुपर्छ।’

नेपाली कांग्रेस फालेलुङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले जथाभावी बोल्दै हिँडेको आरोप लगाए।

‘ओलीजीले जथाभावी बोलिरहनुभएको छ,’ प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति इङ्गित गर्दै कोइरालाले भने, ‘प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाडौं कब्जा गर्न निर्देशन दिन मिल्दैन।’ प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको कोइरालाको भनाइ थियो ।

आइतबार नेकपा एमाले बागमाती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको कब्जामा राख्न निर्देशन दिएका थिए।

सोही दिन राजावादीहरूले पनि काठमाडौंकेन्द्रित आन्दोलनको घोषणा गरेका छन्। प्रधानमन्त्रीकै कारण देश मुठभेडतर्फ गएको कोइरालाको ठहर थियो।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ७ : २० बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा