२३ भदौ २०८३, मंगलबार | September 8, 2026

पन्जाब किङ्स आईपीएलकाे क्वालिफायरमा प्रवेश



काठमाडौं । मुम्बई इन्डियनविरुद्ध सात विकटको जित निकाल्दै पन्जाब किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो क्वालिफायरमा प्रवेश गरेको छ ।

सुरुमा ब्याटिङ गरेको मुम्बईले दिएको १८५ रनको लक्ष्य पछ्याएको पन्जाबले ९ बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १८७ रन बनाएको हो ।

पन्जाबको जितमा प्रियांश आर्य र जोस इङ्लिसले दोस्रो विकेटका लागि गरेको १०९ रनको साझेदारी महत्त्वपूर्ण साबित भएको थियो ।

जोस इङ्लिसले ४२ बलमा ७३ तथा आर्यले ३५ बलमा ६२ रन जोडे । यी दुवैलाई माइकल सान्टनरले आउट गरे । जसप्रित बुमराहले चार ओभरमा २३ रन खर्चेर एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले सात विकेटको क्षतिमा १८४ रनको योगफल खडा गरेको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले ५७ रनको योगदान गरे । ३९ बलको सामना गरेका उनको पारीमा ६ चौका र दुई छक्का समावेश थियो ।

कप्तान हार्दिक पाण्डेले १५ बलमा २६ तथा नमन धिरले १२ बलमा २० रन जोडे । विजयी पन्जाब क्वालिफायरमा प्रवेश गर्दा मुम्बईले इलिमिनेटर खेल्ने पक्का भएको छ ।

लिग चरणको अन्तिम खेल लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर बंगलोरुका बीचमा हुनेछ । सो खेलमा बंगलोरु विजयी भएमा क्वालिफायर प्रवेश गर्नेछ भने लखनउ विजयी भएमा गुजरात टाइटनले पहिलो क्वालिफायर खेल्नेछ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ६ : ५५ बजे

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर