७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्म स्थगित भएको छ ।

आधाघण्टाका लागि भन्दै स्थगित गरिएको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच कुरा नमिलेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो । बैठक सुचारु गर्न पटकपटक छलफल भए पनि दुवै पक्ष आआफ्नै अडानमा रहेपछि बैठक स्थगित हुन पुगेको हो ।

बैठकमा भिजिट भिसा प्रकरणमा आरोप लागेका गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग विपक्षीहरुले गरिरहे भने सत्तापक्षले गृहमन्त्रीले आफुमाथि लागेका आरोपबारे बोल्न पाउनुपर्ने माग राखेका थिए ।

बिहान ११ बजे बस्ने भनिएको बैठक झण्डै आधाघण्टापछि सुरु भएको थियो । सो बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन र रास्वपाका सांसद शिशिर ढकालले गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए । त्यसपछि उनीहरुले आआफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए । त्यहीबीचमा सभामुख देवराज घिमिरेले सत्तारुढ कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेलाई बोल्न दिएपछि विपक्षी सांसदहरु नारावाजीमा उत्रिएका थिए । त्यसपछि सभामुखले आधाघण्टाका लागि बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ४ : १० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज