६ पुस २०८२, आइतबार | December 21, 2025

प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्म स्थगित भएको छ ।

आधाघण्टाका लागि भन्दै स्थगित गरिएको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच कुरा नमिलेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो । बैठक सुचारु गर्न पटकपटक छलफल भए पनि दुवै पक्ष आआफ्नै अडानमा रहेपछि बैठक स्थगित हुन पुगेको हो ।

बैठकमा भिजिट भिसा प्रकरणमा आरोप लागेका गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग विपक्षीहरुले गरिरहे भने सत्तापक्षले गृहमन्त्रीले आफुमाथि लागेका आरोपबारे बोल्न पाउनुपर्ने माग राखेका थिए ।

बिहान ११ बजे बस्ने भनिएको बैठक झण्डै आधाघण्टापछि सुरु भएको थियो । सो बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन र रास्वपाका सांसद शिशिर ढकालले गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए । त्यसपछि उनीहरुले आआफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए । त्यहीबीचमा सभामुख देवराज घिमिरेले सत्तारुढ कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेलाई बोल्न दिएपछि विपक्षी सांसदहरु नारावाजीमा उत्रिएका थिए । त्यसपछि सभामुखले आधाघण्टाका लागि बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ४ : १० बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)