२१ मंसिर २०८२, आइतबार | December 7, 2025

रक्तदान गरेर बाँके कांग्रेसले गणतन्त्र दिवस मनाउने



नेपालगन्ज । बाँके कांग्रेसले रक्तदान गरेर गणतन्त्र दिवस २०८२ मनाउने भएको छ । गणतन्त्र दिवसलाई बिहिवार मानवीय कार्यक्रम रक्तदान गरेर मनाउने निर्णय गरेको बाँके कांग्रेसले जनाएको छ ।

पार्टी सभापति नारायाण गौडेलका अनुसार, पर्सि बिहिवार नेपाली काँग्रेसले रक्तदानका लागि पार्टीका कार्यकर्तालाई आव्हान गरेको छ । उक्त दिन नेपालगन्जको भेरी अस्पतालस्थित रक्तसंचार केन्द्रमा सभापति गौडेलसहित पार्टीका अन्य नेता कार्यकर्ताहरुले रक्तदान गर्ने भएका छन् ।

क्षेत्रीय सम्मेलनमा सहभागि हुन काँग्रेस महामन्त्री थापा नेपालगन्ज आउँदै
यही जेठ २० गते नेपालगन्जमा हुने नेपाली काँग्रेस, बाँके क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथि वक्ताका रुपमा सहभागि हुन नेपाली काँग्रेसका महामन्त्री गगन थापा आउने भएका छन् । सम्मेलनको उदघाटनसत्रलाई महामन्त्री थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेस क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले बताए ।

सम्मेलनमा महामन्त्री थापासंगै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायतका नेतागणहरु पनि सहभागि हुने बताइएको छ ।

क्षेत्रीय सभापति गुप्ताका अनुसार क्षेत्रीय सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र तथा आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् । सम्मेलनको बन्दसत्रमा ४७० जना प्रतिनिधिको सहभागिता रहने छ भने उद्घाटन सत्रमा करिब एक हजार बढीको सहभाािगता हुने कांग्रेस बाँकेले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ९ : ४६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल