६ श्रावण २०८३, बुधबार | July 23, 2026

आईपीएल : लखनउ माथि सानदार जित निकाल्दै आरसीबी क्वालिफायर १ मा



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुले इतिहासकै तेस्रो सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै क्वालिफायर-१ मा स्थान सुरक्षित गरेको छ ।

मंगलबार इकाना स्टेडियममा लखनऊविरुद्ध २२८ रनको लक्ष्य ४ विकेट गुमाउँदै पूरा गर्‍यो । यस जितसँगै बेंगलुरुले अंक तालिकामा दोस्रो स्थानमा अन्त्य गरेको छ । अब टिमले २९ मे मा पञ्जाब किङ्ससँग क्वालिफायर-१ खेल्नेछ ।

बेंगलुरुका कप्तान जितेश शर्माले ३३ बलमा अविजित ८५ रन बनाए । मयंक अग्रवालले २३ बलमा अविजित ४१ रनको योगदान दिए । दुवैले १०७ रनको साझेदारी गरे ।

यस्तै विराट कोहलीले ५४ रन बनाए । उनले यस सिजनको ८ औं र समग्रमा ६३ औं आईपीएल अर्धशतक प्रहार गरे । उनले आईपीएलमा सबैभन्दा बढी अर्धशतक बनाउने क्रममा डेभिड वार्नर (६२ अर्धशतक) को कीर्तिमान तोडे ।

बेंगलुरुले टस जितेर पहिले बलिङ रोजेको थियो । यस्तोमा लखनउले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रनको विशाल स्कोर खडा गरेको थियो ।

पहिले ब्याटिङ गरेको लखनऊका कप्तान ऋषभ पन्तले ६१ बलमा अविजित ११८ रन बनाए । उनले ११ चौका र ८ छक्का प्रहार गरे । तर उनको शतकीय पारी हारसँगै छायामा परेको छ । उता मिचेल मार्शले ६७ रन बनाउँदै योगफल २०० माथि लैजान योगदान दिएका थिए । आईपीएलमा भोली देखि प्ले अफका खेलहरु हुनेछन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ७ : २९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क