२१ माघ २०८२, बुधबार | February 5, 2026

नेप्सेमा दोहोरो अङ्कको सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव ४४ अङ्कले बढेर दुई हजार ६९३ दशमलव ०६ को विन्दुमा कायम भएको हो ।

आज ३२३ कम्पनीको दुई करोड सात लाख ५९ हजार पाँच सय ४७ कित्ता शेयर ७७ हजार ३१६ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ५८ करोड ६० लाख चार हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा जीवन बीमा समूह शून्य दशमलव २४, लघुवित्त शून्य दशमलव २६, निर्जीवन बीमा शून्य दशमलव २६ र अन्य समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ एक दशमलव ८८, विकास बैंक एक दशमलव २९, वित्त शून्य दशमलव १८, होटल तथा पर्यटन शून्य दशमलव ८१ र जलविद्युत् समूह शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । त्यस्तै लगानी शून्य दशमलव ०३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६५, म्युचुअल फन्ड शून्य दशमलव ११ र व्यापार समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने बाहारी हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य पाँच दशमलव २६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ३ : ५६ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता