३ पुस २०८२, बिहिबार | December 18, 2025

नेप्सेमा दोहोरो अङ्कको सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव ४४ अङ्कले बढेर दुई हजार ६९३ दशमलव ०६ को विन्दुमा कायम भएको हो ।

आज ३२३ कम्पनीको दुई करोड सात लाख ५९ हजार पाँच सय ४७ कित्ता शेयर ७७ हजार ३१६ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ५८ करोड ६० लाख चार हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा जीवन बीमा समूह शून्य दशमलव २४, लघुवित्त शून्य दशमलव २६, निर्जीवन बीमा शून्य दशमलव २६ र अन्य समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ एक दशमलव ८८, विकास बैंक एक दशमलव २९, वित्त शून्य दशमलव १८, होटल तथा पर्यटन शून्य दशमलव ८१ र जलविद्युत् समूह शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । त्यस्तै लगानी शून्य दशमलव ०३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६५, म्युचुअल फन्ड शून्य दशमलव ११ र व्यापार समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने बाहारी हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य पाँच दशमलव २६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ३ : ५६ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन