काठमाडौं । सरकारले होटेल र रिसोर्ट क्षेत्रलाई उत्पादनमूलक उद्योग सरह मान्यता दिँदै आयकर र विद्युत महसुलमा छुट दिने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको बजेट पेस गर्दै होटल रिसोर्टहरुलाई राहत दिने घोषणा गरेका हुन् ।
अर्थमन्त्री पौडेलले होटेल, मोटेल, रेष्टुरेन्ट र जंगलसफारीमा कार्यरत श्रमिकलाई सेवा शुल्कको माध्यमबाट प्रोत्साहन गर्न कानुनी व्यवस्था गरिने समेत बताए ।
यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले सेवा शुल्कलाई अमान्य हुने फैसला गरेको थियो ।


















प्रतिक्रिया