२६ बैशाख २०८३, शनिबार | May 10, 2026

माओवादीले जेठ २१ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियानको दोस्रो चरण सुरु गर्ने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जेठ २१ गतेदेखि पुनः मध्य पहाडी लोकमार्ग अभियान सुचारु गर्नेभएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले मध्यपहाडी लोकमार्ग अभियान सुचारु गर्ने निर्णय गरेको हो । यसअघि जेठ २ गतेदेखि जेठ १० सम्म बैतडीको पाटनदेखि पोखरासम्म अभियानको पहिलो चरण सम्पन्न भएको थियो ।

बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म सदन चल्न नसक्ने निस्कर्ष निकालेको छ । ‘छानबिनलाई सहज बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ, राजीनामा नदिएसम्म अवरोध जारी रहन्छ ।’ बैठकपछि सचिव लिलामणि पोखरेलले बताए ।

यसैगरी बैठकमा एकता प्रक्रियाबाट सचिव बनेका गंगानारायण श्रेष्ठ लगायतका नेताहरुलाई जिम्मेवारी दिने विषयमा पनि छलफल भएको छ । जेठ १२ गते श्रेष्ठ नेतृत्वको नेसपा र नेपाः राष्ट्रिय पार्टीसँग एकता भएको थियो ।

यसैगरी बैठकमा संसदभित्रको गतिविधिका बारेमा पनि छलफल भएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ११ : ५९ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु