१६ असार २०८३, मंगलबार | July 1, 2026

गुजरातलाई हराउँदै मुम्बई आईपीएलको क्वालिफायर–२ मा



काठमाडौं । मुम्बई इन्डियन्सले आईपीएल २०२५ को एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले हराउँदै पन्जाब संगको भेट पक्का गरेको छ । जितका लागि २२९ रनको लक्ष्य पाएको गुजरात ६ विकेटको क्षतिमा २०८ रनमा समेटियो । एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले गुजरातलाई २० रनले हराएसँगै क्वालिफायर-२ मा स्थान सुरक्षित गरेको छ । जहाँ उसले १ जुन आइतबार फाइनलका लागि पञ्जाब किङ्ससँग खेल्नेछ ।

मुम्बईले नयाँ चण्डीगढस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ रोजेको थियो । टोलीले २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बनाएको थियो । रोहित शर्माले ५० बलमा ८१ रनको शानदार इनिङ खेले । उनले ९ चौका र ४ छक्का पनि हाने । रोहितबाहेक जोनी बेयरस्टोले ४७, सूर्यकुमार यादवले ३३, तिलक वर्माले २५, र कप्तान हार्दिक पाण्ड्याले अविजित २२ रन बनाएका थिए ।

जवाफी इनिङमा गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो । अन्तिम क्रममा राहुल तेवतिया र शाहरुख खान क्रिजमा थिए । ट्रेन्ट बोल्टले १९ औँ ओभरको पहिलो बलमै शेर्फन रदरफोर्डलाई तिलक वर्माबाट क्याच गराए । उनले पहिलो ओभरमै कप्तान शुभमन गिललाई (१ रन) एलबीडब्लू आउट गरेका थिए ।

साई सुदर्शनलाई (८० रन) रिचर्ड ग्लीसनले क्लीन बोल्ड गरे । वाशिङ्गटन सुन्दर (४८ रन) लाई जसप्रीत बुमराहले योर्कर बलमा बोल्ड गरे । बल रोकेर बचाउने प्रयासमा सुन्दर क्रिजमै लडे । कुसल मेन्डिस (२० रन) मिचेल स्यान्टनरको ओभरमा हिट विकेट भएर आउट भए । पराजित गुजरातका प्रसिद्ध कृष्णा र साई किशोरले समान २-२ विकेट लिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ७ : ५७ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी