२ पुस २०८२, बुधबार | December 18, 2025

देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल



काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले स्थानीय समुदायको सहभागितामा विपद् व्यवस्थापनका कामलाई परिणाममुखी बनाउने योजना अघि बढाएको छ । त्यसका लागि सशस्त्र प्रहरीले यही जेठ महिनाभित्र स्थानीय समुदायबाट करिब एक लाख ७० हजार विपद् सूचक रहेको ‘नेटवर्क’तयार गर्दैछ ।

समुदायस्तरमा विपद्सम्बन्धी सूचना प्राप्तिमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक कार्य गर्ने उद्देश्यले विपद् सूचकको व्यवस्था गर्न लागिएको सशस्त्र प्रहरी बलले स्पष्ट पारेको छ । त्यसका लागि जेठ मसान्तसम्म सबै बाहिनी मुख्यालयले जिम्मेवारी रहेका क्षेत्रमा पर्ने सबै वडामा २५ जनाको दरले विपद् सूचक समूह निर्माण गर्नेछ । ती समूहबाट विपद्सम्बन्धी सूचना तत्काल प्राप्त हुने र सोहीअनुसार आफ्ना सुरक्षाकर्मी परिचालन तथा उद्धारमा सहजता हुने सशस्त्र प्रहरीको विश्वास छ । विपद् सूचक समूह तयार भएपछि उनीहरूलाई विपद् सचेतनामूलक प्रशिक्षण र विपद् ‘सिमुलेशन’ अभ्यासमा सहभागी गराउने योजना रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापा बताउँछन ।

यसैबीच सशस्त्र प्रहरीले समुदायमा विपद् उद्धारक पनि तयार गर्दैछ । केही दिनअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यसवर्ष सातवटै प्रदेशमा करिब एक हजार ‘समुदाय विपद् उद्धारक’ तयार गर्ने योजना सार्वजनिक गरेका थिए । सोहीअनुसार सशस्त्र प्रहरी मुख्यालयले मातहत कार्यालयमा विपद् उद्धारक स्वयंसेवक तालिम सुरुआत गरिसकेको छ । समुदाय विपद् उद्धारकलाई १८ दिनको विपद् पूर्वतयारी र प्रतिकार्यसम्बन्धी तालिम दिइनेछ ।

प्रदेशस्थित सशस्त्र प्रहरी मुख्यालय तथा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले चालु आर्थिक वर्षमा १८ वटा तालिम सञ्चालन गर्ने सहप्रवक्ता थापाले बताए । आगामी आवमा थप एक सय ४७ वटा तालिम सञ्चालन गरिने र यस प्रकारका तालिमले समुदायस्तरमा विपद्बाट बच्न पूर्वतयारीका साथै विपद्का समयमा उद्धार तथा राहत कार्यमा सहजता हुने उनको विश्वास छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २३ मनकामना गण तनहुँले समुदाय विपद् स्वयंसेवक तालिमको थालनी गरिसकेको छ । स्थानीय सरकार तथा सरोकार भएकाहरूसँगको समन्वयमा ५८ जनाले तालिम लिइरहेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  १ : ३९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल