२२ चैत्र २०८२, आइतबार | April 6, 2026

देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल



काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले स्थानीय समुदायको सहभागितामा विपद् व्यवस्थापनका कामलाई परिणाममुखी बनाउने योजना अघि बढाएको छ । त्यसका लागि सशस्त्र प्रहरीले यही जेठ महिनाभित्र स्थानीय समुदायबाट करिब एक लाख ७० हजार विपद् सूचक रहेको ‘नेटवर्क’तयार गर्दैछ ।

समुदायस्तरमा विपद्सम्बन्धी सूचना प्राप्तिमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक कार्य गर्ने उद्देश्यले विपद् सूचकको व्यवस्था गर्न लागिएको सशस्त्र प्रहरी बलले स्पष्ट पारेको छ । त्यसका लागि जेठ मसान्तसम्म सबै बाहिनी मुख्यालयले जिम्मेवारी रहेका क्षेत्रमा पर्ने सबै वडामा २५ जनाको दरले विपद् सूचक समूह निर्माण गर्नेछ । ती समूहबाट विपद्सम्बन्धी सूचना तत्काल प्राप्त हुने र सोहीअनुसार आफ्ना सुरक्षाकर्मी परिचालन तथा उद्धारमा सहजता हुने सशस्त्र प्रहरीको विश्वास छ । विपद् सूचक समूह तयार भएपछि उनीहरूलाई विपद् सचेतनामूलक प्रशिक्षण र विपद् ‘सिमुलेशन’ अभ्यासमा सहभागी गराउने योजना रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापा बताउँछन ।

यसैबीच सशस्त्र प्रहरीले समुदायमा विपद् उद्धारक पनि तयार गर्दैछ । केही दिनअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यसवर्ष सातवटै प्रदेशमा करिब एक हजार ‘समुदाय विपद् उद्धारक’ तयार गर्ने योजना सार्वजनिक गरेका थिए । सोहीअनुसार सशस्त्र प्रहरी मुख्यालयले मातहत कार्यालयमा विपद् उद्धारक स्वयंसेवक तालिम सुरुआत गरिसकेको छ । समुदाय विपद् उद्धारकलाई १८ दिनको विपद् पूर्वतयारी र प्रतिकार्यसम्बन्धी तालिम दिइनेछ ।

प्रदेशस्थित सशस्त्र प्रहरी मुख्यालय तथा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले चालु आर्थिक वर्षमा १८ वटा तालिम सञ्चालन गर्ने सहप्रवक्ता थापाले बताए । आगामी आवमा थप एक सय ४७ वटा तालिम सञ्चालन गरिने र यस प्रकारका तालिमले समुदायस्तरमा विपद्बाट बच्न पूर्वतयारीका साथै विपद्का समयमा उद्धार तथा राहत कार्यमा सहजता हुने उनको विश्वास छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २३ मनकामना गण तनहुँले समुदाय विपद् स्वयंसेवक तालिमको थालनी गरिसकेको छ । स्थानीय सरकार तथा सरोकार भएकाहरूसँगको समन्वयमा ५८ जनाले तालिम लिइरहेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  १ : ३९ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको