१३ भदौ २०८३, शनिबार | August 29, 2026

अर्थमन्त्री पौडेलले ल्याएको बजेट अहिलेसम्मकै उत्कृष्ट र यथार्थपरक – बालकृष्ण खाँण



बुटवल । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले वर्तमान सरकारले ल्याएको बजेटलाई अहिलेसम्मकै उत्कृष्ट र क्रान्तिकारी भएको बताएका छन् ।

शनिबार बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सिमाना जोडिएका पालिकासँगको सहकार्य र संयुक्त अभ्यास विषयक अन्तर्क्रियात्मक गोष्ठीमा बोल्दै नेता खाँणले, “नेपालमा पहिलो बजेट ल्याउने सुवर्ण शमशेरपछि अहिलेका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेट सबैभन्दा राम्रो छ,” भन्दै अर्थमन्त्रीलाई विशेष धन्यवाद दिए ।

उनका अनुसार बजेटले नेपालको वस्तुस्थितिलाई यथार्थ रूपले समेटेको छ र विद्यमान आर्थिक चुनौतीबीच सुधारको स्पष्ट संकेत दिएको छ । “बजेट यथार्थमा आधारित छ, कार्यान्वयनमा समस्या नआउनेछ,” खाँणले बताए ।

पर्यटनमैत्री वातावरणको आग्रह

नेता खाँणले पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि सम्भव हुने भन्दै त्यसका लागि सबैले पर्यटनमैत्री वातावरण निर्माणमा जोड दिनुपर्ने बताए । उनले भारतीय पर्यटकहरूलाई नेपाल प्रवेशका क्रममा अनावश्यक चेकजाँच र झन्झट झेल्नु परिरहेको भन्दै संघ र प्रदेश सरकारलाई सुधारको आग्रह गरे ।

“बेलहिया, डन्डाखोला, भैरहवा र मंगलपुरसम्म गाडी चेकिङ गर्ने गरिन्छ,” उनले प्रश्न गरे, “किन आवश्यक छ यति धेरै ठाउँमा चेकजाँच? भारतमा महाकुम्भ जस्तो ठूलो कार्यक्रम एक ठाउँको चेकजाँचमै सम्पन्न हुन्छ । हामीकहाँ पर्यटकलाई तीन तहका सरकारहरूबाट ‘अतिथि देवो भवः’ भन्नुपर्ने बेलामा ‘हेरेस्मेन्ट’ भइरहेको छ ।”

५ हजार डलरको व्यवस्था सकारात्मक

प्रदेश सरकारले भारतीय पर्यटकका लागि २५ हजार भारतीय रुपैयाँ मात्रै ल्याउन पाउने निर्णय सच्याएर ५ हजार अमेरिकी डलर ल्याउन दिने व्यवस्था राम्रो भएको बताउँदै उनले लुम्बिनी, मुक्तिनाथ, सगरमाथाजस्ता पर्यटकीय गन्तव्यहरूबाट समृद्धि हासिल गर्न राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सीमा नाकामा प्रहरीले पर्यटकलाई सास्ती दिने गुनासो सरकारसम्म पनि आइपुगेको जनाउँदै सुधारको आवश्यकता औंल्याए । त्यसैगरी, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरभित्रका अनिवार्य कामका लागि पनि प्रदेश सरकारबाट बजेट नपाउँदा ‘सरकार भएको महसुस गर्न नसकेको’ गुनासो गरे ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ४ : ०९ बजे

राहतमा दोहोरोपन रोक्न काठमाडौं प्रशासनको एकद्वार प्रणाली

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)