२४ श्रावण २०८३, आइतबार | August 9, 2026

निगमले बढायो पेट्रोल र डिजेलको मूल्य



नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य बढाउने निर्णय गरेको छ । यसैगरी हवाई इन्धन सस्तो बनाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. २.११ ले र डिजेलमा रु. १.०९ ले मूल्य वृद्धि भएको निगमले जनाएको छ । हवाई इन्धनको खरिद मूल्य भने प्रतिलिटर रु. २.५७ ले घटेको छ ।

यससँगै निगम सञ्चालक समितिको निर्णय अनुसार आजराति १२:०० बजेदेखि लागु हुने गरी पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु. २.०० ले र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु. १०.०० ले वृद्धि गरिएको हो । यससँगै काठमाडौंमा अब पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेलको १४३ रुपैयाँ कायम भएको छ ।

यसैगरी हवाई इन्धनको आन्तरिक उडानतर्फको मूल्य प्रतिलिटर रु. ३.०० ले घटाइएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर २२ ले घटाइएको छ । पोखरा र भैरहवाका लागि भने हवाई इन्धन अन्तर्राष्ट्रिय उडान मूल्य ‘ब्रेक इभेन पोइन्ट’ मा राखिएको निगमले जनाएको छ ।

साथै, एलपी ग्यास (खाना पकाउने ग्यास) को खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ८ : २८ बजे

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले

झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति

झापा । झापामा मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु

अनुदानमा भैँसी वितरणले किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको

हुलाकबाट एक करोड राजस्व सङ्कलन

चितवन । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु