१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

एफडी मोटर्सको छैटौँ शाखा बुटवलको कालिकानगरमा शुभारम्भ, ‘एफ-५ ए प्रो’ स्कुटर सार्वजनिक



बुटवल । एफडी मोटर्सले बुटवलमा आफ्नो छैटौँ शाखा बिस्तार गर्दै आइतबार नयाँ स्कुटर सार्वजनिक गरेको छ । बुटवल-१० कालिकानगरमा शुभारम्भ भएको सोरुममा ‘एफ-५ ए प्रो’ स्कुटर सार्वजनिक गरिएको हो ।

एफडीको शोरुम शुभारम्भ तथा स्कुटर सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुटवलमा लगानीको प्रशस्त सम्भावना रहेको दाबी गर्दै निजी क्षेत्र तथा व्यवसायीक प्रतिष्ठानहरुलाई यहाँ लगानी गर्नका लागि आह्वान गरे । लगानीको वातावरण निर्माणका लागि उपमहानगरले आवश्यक सहजीकरण र व्यवस्थापनका लागि तयार रहेको बताउँदै उनले बुटवलमा लगानीको उत्कृष्ट वातावरण बन्दै गएको उल्लेख गरे ।

एफडी कम्पनीका प्रवन्ध निर्देशक सुजन ढुँगेलले नेपालका विभिन्न शहरहुँदै बुटवलमा शाखा बिस्तार गरिएको जानकारी गराए । बुटवलमा पहिलो पटक सार्वजनिक गरिएका एफ-५ ए प्रो स्कुटरको विशेषता बारे जानकारी गराउँदै पहाडको बाटोका लागि समेत उपयुक्त भएको दाबी गरे । एक पटक फूल चार्ज भएपछि १२० देखि १५० किलोमिटरसम्म माइलेज दिने एफ-५ ए प्रोमा गतिका लागि २० किलोमिटर, ५० र ७५ किलोमिटर प्रतिघण्टा गरी ३ वटा अप्सनमा राखेर चलाउन सकिने जानकारी गराए । ग्राउण्ड क्लिरियन्स समेत अन्य विद्युतीय स्कुटरभन्दा बढी यसमा २० सेन्टिमिटर हाइट भएकाले पहाडको बाटोमा समेत यात्राका लागि सहज हुने कम्पनीको दाबी छ ।

कार्यक्रममा बोल्दै एफडी मोटर्स बुटवलका अध्यक्ष विनय महर्जनले बुटवलमा शोरुम सञ्चालनमा आउनासाथ करिब ८/९ जनाले बुकिङ गरिसकेकाले बजार उत्कृष्ट रहने उल्लेख गरे । फरक प्रसँगमा उनले निजी क्षेत्र लगानीका लागि सधै तयार भएपनि सरकार अनुसार फेरिरहने फरक-फरक नीतिले आफूहरु मारमा पर्नेगरेको गुनासो गरे । शोरुमका म्यानेजर अर्जुन खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  १ : ४६ बजे

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली नागरिकको दैनिक जीवनस्तरमा

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठक विपक्षी दलहरूको अवरोधका बीच १५