१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एफडी मोटर्सको छैटौँ शाखा बुटवलको कालिकानगरमा शुभारम्भ, ‘एफ-५ ए प्रो’ स्कुटर सार्वजनिक



बुटवल । एफडी मोटर्सले बुटवलमा आफ्नो छैटौँ शाखा बिस्तार गर्दै आइतबार नयाँ स्कुटर सार्वजनिक गरेको छ । बुटवल-१० कालिकानगरमा शुभारम्भ भएको सोरुममा ‘एफ-५ ए प्रो’ स्कुटर सार्वजनिक गरिएको हो ।

एफडीको शोरुम शुभारम्भ तथा स्कुटर सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुटवलमा लगानीको प्रशस्त सम्भावना रहेको दाबी गर्दै निजी क्षेत्र तथा व्यवसायीक प्रतिष्ठानहरुलाई यहाँ लगानी गर्नका लागि आह्वान गरे । लगानीको वातावरण निर्माणका लागि उपमहानगरले आवश्यक सहजीकरण र व्यवस्थापनका लागि तयार रहेको बताउँदै उनले बुटवलमा लगानीको उत्कृष्ट वातावरण बन्दै गएको उल्लेख गरे ।

एफडी कम्पनीका प्रवन्ध निर्देशक सुजन ढुँगेलले नेपालका विभिन्न शहरहुँदै बुटवलमा शाखा बिस्तार गरिएको जानकारी गराए । बुटवलमा पहिलो पटक सार्वजनिक गरिएका एफ-५ ए प्रो स्कुटरको विशेषता बारे जानकारी गराउँदै पहाडको बाटोका लागि समेत उपयुक्त भएको दाबी गरे । एक पटक फूल चार्ज भएपछि १२० देखि १५० किलोमिटरसम्म माइलेज दिने एफ-५ ए प्रोमा गतिका लागि २० किलोमिटर, ५० र ७५ किलोमिटर प्रतिघण्टा गरी ३ वटा अप्सनमा राखेर चलाउन सकिने जानकारी गराए । ग्राउण्ड क्लिरियन्स समेत अन्य विद्युतीय स्कुटरभन्दा बढी यसमा २० सेन्टिमिटर हाइट भएकाले पहाडको बाटोमा समेत यात्राका लागि सहज हुने कम्पनीको दाबी छ ।

कार्यक्रममा बोल्दै एफडी मोटर्स बुटवलका अध्यक्ष विनय महर्जनले बुटवलमा शोरुम सञ्चालनमा आउनासाथ करिब ८/९ जनाले बुकिङ गरिसकेकाले बजार उत्कृष्ट रहने उल्लेख गरे । फरक प्रसँगमा उनले निजी क्षेत्र लगानीका लागि सधै तयार भएपनि सरकार अनुसार फेरिरहने फरक-फरक नीतिले आफूहरु मारमा पर्नेगरेको गुनासो गरे । शोरुमका म्यानेजर अर्जुन खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  १ : ४६ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै