२० मंसिर २०८२, शनिबार | December 6, 2025

जर्मनीमा अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु



बर्लिन । जर्मनीको ह्याम्बर्गस्थित एक अस्पतालको जेरियाट्रिक वार्डको एउटा कोठामा शनिबार राति भएको आगलागीमा परी तीन जनाको मृत्यु भएको छ ।

घटनापछि कैयौँ वृद्धवृद्धालाई सुरक्षित स्थानमा सारिएको स्थानीय दमकल सेवाले आइतबार जनाएको छ । अग्नि नियन्त्रक लोरेन्ज हार्टम्यानका अनुसार मारिएन्क्रान्केनहास कारखानामा लागेको आगो आगो भवनको पहिलो तल्लासम्म फैलिएको देखिएको छ ।

उनले भने, “हिँडडुल गर्न नसक्ने धेरै वृद्धवृद्धालाई आगलागी भएको स्थानबाट करिडोरमा सारिएको थियो । अन्य बिरामीको कोठामा आगो फैलिनुअघि नै अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिन सफल भएको उनले बताए ।

आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  २ : ०२ बजे

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत