१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु



गुवाहाटी । पछिल्ला दुई दिनमा मुसलधारे मनसुनी वर्षाका कारण आएको अकस्मात् बाढी र पहिरोले भारतको उत्तरपूर्वमा कम्तीमा ३० जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।

राज्य विपद् व्यवस्थापन अधिकारीहरूले असममा आठ जना र अरुणाचल प्रदेशमा नौ जनाको मृत्यु भएको र तीमध्ये धेरैको भूस्खलनमा मृत्यु भएको बताएका छन् ।

छिमेकी राज्य मिजोराममा भूस्खलन हुँदा अन्य पाँच जनाको मृत्यु भएको राज्य अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार मेघालयमा छ जनाको ज्यान गएको छ भने नागाल्यान्ड र त्रिपुरा राज्यमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

पछिल्ला तीन दिनमा निरन्तर मुसलधारे वर्षाका कारण यस क्षेत्रका धेरै जिल्लाका लागि चेतावनी स्तर चेतावनी जारी गरिएको छ । हिमालयबाट निस्केर भारतको उत्तरपूर्वबाट बङ्गलादेशको डेल्टातर्फ बग्ने शक्तिशाली ब्रह्मपुत्रसहित मुसलधारे वर्षाले बढेका नदीहरूले यस क्षेत्रभरि आफ्ना किनारहरू भत्काएका छन् ।

भारतीय सेनाले मणिपुर राज्यभरि ‘व्यापक उद्धार अभियान’ मा सयौँलाई बचाएको बताएको छ । “मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ”, सेनाले शनिबार भन्यो, “खाना, पानी र आवश्यक औषधिहरू उपलब्ध गराइएको छ ।”

मेघालय राज्यका मुख्यमन्त्री कोनराड के साङ्ग्माले अधिकारीहरूलाई ‘विशेष गरी भूस्खलन जोखिममा रहेका र तल्लो क्षेत्रहरूम’ उच्च सतर्कतामा रहन आदेश दिएका छन । एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतमा वर्षाको मौसममा अकस्मात् बाढी र पहिरोका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुने गरेको छ ।

जुनदेखि सेप्टेम्बरसम्म चल्ने भारतको वार्षिक मनसुन मौसमले तीव्र गर्मीबाट राहत दिन्छ र पानीको आपूर्ति पुनःपूर्तिका लागि महत्त्वपूर्ण छ, तर यसले व्यापक मृत्यु र विनाश पनि ल्याउँछ । दक्षिण एसिया तातो हुँदै गइरहेको छ र हालका वर्षहरूमा मौसमी ढाँचामा परिवर्तन देखिएको छ, तर वैज्ञानिकहरू तातो हुँदै गएको पृथ्वीले मनसुनलाई कसरी असर गरिरहेको छ भन्ने बारेमा स्पष्ट छैनन् ।

गत महिना भारतको आर्थिक राजधानी मुम्बई सामान्यभन्दा दुई हप्ता चाँडो सुरु भएको मनसुनी वर्षाले डुबानमा परेको थियो । मौसम पूर्वानुमानकर्ताहरूका अनुसार मनुसुन लगभग एक चौथाई शताब्दीमा सबैभन्दा चाँडो भएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ३ : २२ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’