काठमाडौं । प्रदर्शनको क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका राप्रपाका एक सांसदलाई प्रहरीले पक्राउ गरेको छ ।
राप्रपा सांसद दीपक सिंहलाई प्रहरीले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरबाटै नियन्त्रणमा लिएको हो । प्रहरी कार्यालयमै उत्तेजक अभिव्यक्ति दिएपछि सिंहलाई नियन्त्रणमा लिएको
एसपी अपिलराज बोहराले बताए ।
राप्रपा नेपाल अध्यक्ष थापालाई प्रहरीले आज दिउँसो नारायणचौरबाट पक्राउ गरेको थियो । बालुवाटार घेउाउ गर्न नेतृत्व गर्दै अघि बढेका थापालाई प्रहरीले पक्राउ गरेको थियो । थापासहित ६ जना राजावादी समर्थकहरु पक्राउ परेका छन् ।
राजतन्त्र पुनस्र्थापनाको माग गर्दै राजावादीहरुले १५ गतेदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।


















प्रतिक्रिया