३० पुस २०८२, बुधबार | January 15, 2026

मनसुनमा सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह



हुम्ला । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै यस वर्षको मनसुन सुरु भएसँगै जिल्लावासीलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको छ । मनसुन सक्रिय भएसँगै वर्षाका कारण जिल्लाभर बाढी, पहिरो र डुबानलगायत विपद् जोखिमका घटना घट्न सक्ने जनाउँदै जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो  ।

जल तथा मौसम विज्ञान विभागद्वारा प्राप्त जानकारीअनुसार हुम्लासहित कर्णाली र सुदूरपश्चिम प्रदेशभर भारी वर्षाको सम्भावना छ । त्यसैले बाढी पहिरोको उच्च जोखिम रहेकाले सुरक्षित रहन र विशेष सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।

सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत सामग्री वितरण प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकाय तयारी अवस्थामा रहेको जिप्रका हुम्लाले जनाएको छ ।

स्थानीय तहहरूलाई विपद्को समयमा आफूसँग भएको स्रोतसाधन तयारी अवस्थामा राखी आवश्यकताअनुसार आम नागरिकलाई सतर्कता अपनाउन पहल गर्न समेत प्रशासनले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनका कारण यस वर्ष चार लाख ५० हजार बढी घरपरिवार, करिब २० लाख व्यक्ति प्रभावित हुने अनुमान गरिएको छ । हुम्लामा मनसुन सुरु नहुँदै ठूलो क्षति भएका कारण उच्च सतर्क अपनाउन आग्रह गरिएको हो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ६ : ३५ बजे

यस्तो छ गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका पुनः संशोधन, मध्यराती २ बजेबाट मतदान

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन

अझै घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ । पुसको अन्तिम दिन आज काठमाडौँको तापक्रम अझै घटेको

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक