२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईपीएल फाइनलमा पञ्जाब र आरसिबी भिड्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल मंगलबार हुँदै छ । फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) र पन्जाब किङ्सका बीच प्रतिस्पर्धा हुँदैछ । यो खेल मंगलबार साँझ ७:४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ । यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका छन्। तथापि उपाधि जितेका छैनन् ।

आरसिबीका विराट कोहलीका लागि गएको १८ महिना यादगार बनेको छ । टी-२० विश्वकप र च्याम्पियन्स ट्रफीको उपाधि विजेता उनका लागि १८ औँ आईपीएल पनि उपाधि विहीन हुनु सुखद भने पक्कै होइन । बेजोड प्रदर्शन गरेका उनले आठ संस्करणमा ५०० भन्दा बढी स्कोर बनाइसकेका छन् ।

पन्जाबले पनि अहिलेसम्म उपाधि जितेको छैन । चार अन क्याप भारतीय खेलाडीको सनसनीपूर्ण ब्याटिङ, कप्तान श्रेयास ऐयारको टिम भावना तथा प्रशिक्षक रिक्की पोन्टिङको प्रेरणा पन्जाबको यात्रा महत्त्वपूर्ण साबित हुने छ ।

पहिलो क्वालिफायरमा आरसिबीसँग पराजित भएर दोस्रो क्वालिफायर हुँदै फाइनल पुगेको पञ्जाब फाइनलमा बदला लिन चाहन्छ ।

 

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  ७ : ३६ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति