१० पुस २०८२, बिहिबार | December 25, 2025

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित



काठमाडौं । संविधानसभा सदस्य एवं पूर्वप्रतिनिधिसभा सदस्य गणेशबहादुर खड्काको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकमा स्व खडकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको हो ।

राष्ट्रियसभा सदस्यले शोक प्रकट गर्दै एक मिनेट मौनधारणा गरेका थिए । विक्रम संवत् १९९९ साल साउन १९ मा जन्मिएका संविधानसभा सदस्य एवं पूर्वप्रतिनिधिसभा सदस्य खड्काको ८२ वर्षको उमेरमा यही जेठ १५ गते निधन भएको थियो ।

स्वर्गीय खडका नेपाली कांग्रेसबाट २०४८ र ०५१ सालको आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा र ०६४ सालमा संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए । यसैगरी, २०५२ सालमा भौतिक योजना तथा निर्माण एवं यातायात सहायकमन्त्री र ०६४ सालमास्थानीय विकास राज्यमन्त्रीसमेत भएका थिए ।

सभाको अर्को बैठक यही जेठ २१ गते बुधबार अपराह्न १ः१५ बजे बस्नेछ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  ५ : ०१ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु