३२ असार २०८३, बिहिबार | July 16, 2026

आईपीएल फाइनल : बैंग्लोरद्वारा पञ्जाबसामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जित्न रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाब किंग्ससामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अहमावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा पञ्जावले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैग्लोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० रनको योगफल तयार पारेको हो ।

बैग्लोरका लागि विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान दिए । कोहलीले ३५ बलमा ३ चौका प्रहार गर्दा ४३ रन बनाउँदा अज्मतुल्लाह ओमारजाइको बलमा कट एण्ड बोल्ड हुन पुगे ।

कप्तान रजत पाटादारले १६ बलमा १ चौका र २ छक्का सहयोगमा २६ रन बनाउँदा केल जेमिसनको बलमा एलबीडब्लु धरापमा परे । मयंक अग्रवालले २४ र ओपनर फिल साल्टले १६ रन थपे । लियाम लिभिङस्टोनले २५ रन बनाउँदा केल जेमिसनको बलमा एलबीडब्लु धरापमा परे ।

१० बलमा २ चौका र २ छक्का प्रहार गर्दै २४ रन बनाएका जितेश शर्मा विजय कुमारको बलमा बोल्ड आउट हुन पुगे । रोमारियो सेफर्ड १७ रन बनाउँदा अर्सदिप सिंहको बलमा एलबीडब्लु धरापमा परे ।

पञ्जावका लागि काइल जेमिसन र अर्सदिन सिंहले समान ३ विकेट झारे । अज्मतुल्लाह ओमारजाइ, विजयकुमार र युजभेन्द्र चाहालले समान एक विकेट लिए ।

पञ्जावले केहीबेरमा जवाफि ब्याटिङ गर्दै छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  ९ : ५४ बजे

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

काठमाडौं । उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा

बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते

भैरहवा । सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग,

बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती

बागलुङ । नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको