३२ असार २०८३, बिहिबार | July 16, 2026

‘बजेट कार्यान्वयन र सुशासनलाई क्रियाशील र व्यवस्थित बनाउनुपर्छ’



काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले बजेट कार्यान्वयन र सुशासनको पाटोलाई क्रियाशील र व्यवस्थित बनाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन । आजको बैठकमा सांसदहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्दै बजेटले निम्न वर्गीय तथा पछाडि पारिएका वर्गलाई सम्बोधन गर्न नसक्ने प्रतिक्रिया दिए ।

सांसद नरबहादुर विष्टले जनता केन्द्रित भएर बजेट आउने अपेक्षा गरिएकामा त्यसो हुन नसकेको बताए । उनले भने, “गरिब, दलित, निम्नवर्गीयलाई सम्बोधन गर्नेगरी बजेट आउन सकेको छैन । निजीकरणलाई बढी प्राथमिकता दिइएको छ ।”

सांसद राधेश्याम पासवानले तल्लो वर्ग, गरिब, मजदुर तथा किसानलाई सम्बोधन गर्नेगरी बजेट आउन नसकेको बताए । उनले भने, “संविधानले कल्पना गरेको व्यवस्थाअनुसार अघि बढ्न सकेका छैनौँ । लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेका छैनौँ । अर्थतन्त्र कसरी चलायमान बनाउने त रु विभिन्न शीर्षकमा राजस्व छली भएकाले पनि अर्थतन्त्र शिथिल भइरहेको छ ।”

सांसद विष्णुकुमारी सापकोटाले वास्तिवक तथा यथार्थपरक बजेट आएकाले पूर्ण रूपमा समर्थन गर्दै भने, “सरकारले बजेट कार्यान्वयन र सुशासनको पाटोलाई भने क्रियाशील र व्यवस्थित बनाउनमा ध्यान केन्द्रित गर्ने आशा गर्दछु ।” उनले सरकारले लगानीको वातावरण बनाएर सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै दक्ष जनशक्ति विदेशिनु पर्ने बाध्यता हटाउन सरकारलाई विशेष योजना कार्यान्वयनका लागि ध्यानाकर्षण गराइन ।

सांसद इन्दिरादेवी गौतमले समग्रमा विगतका वर्षभन्दा आगामी आर्थिक वर्षका लागि आर्थिक गतिविधि चलायमान र भरोसायोग्य बजेट आएको बताइन । उनले सुदृढ अर्थतन्त्रको निर्माण, सार्वजनिक वित्त सन्तुलन, बजेट अनुशासन, व्यवसायीमैत्री वातावरणको सिर्जना, निजी क्षेत्रको लगानी प्रवर्द्धन, नागरिकमैत्री सेवा प्रवाह, सुशासनलगायत महत्त्वपूर्ण सिद्धान्त र प्राथमिकतालाई सम्बोधन गर्नेगरी यो बजेट आएको उल्लेख गरिन । उनले चालु आवको राजस्व सङ्कलन गर्न व्यापरिक गतिविधि बढाउने र चोरीपैठारी नियन्त्रणतर्फ ध्यान दिन सके लक्ष्य भेट्न सकिने धारणा राखे।

राष्ट्रियसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ५ : १० बजे

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको