१० चैत्र २०८२, मंगलबार | March 24, 2026

पहिलो पाइला नेपाल, बुटवल शाखाद्वारा सिद्धबाबा मन्दिर परिसरमा सरसफाइ अभियान सम्पन्न



बुटवल । पहिलो पाइला नेपाल, बुटवल शाखाको आयोजनामा श्री सिद्धबाबा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । धार्मिक आस्था, शान्ति र संस्कृतिको प्रतीक मानिने सिद्धबाबा मन्दिर क्षेत्रलाई स्वच्छ राख्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रारम्भमा संस्थाका प्रथम अध्यक्ष गौरव खनालले स्वागत मन्तव्य दिँदै सबै सहभागीहरूलाई कार्यक्रममा हार्दिक स्वागत गरे । कार्यक्रमकी वर्तमान अध्यक्ष गोमा भट्टराईले सरसफाइ अभियानलाई केवल फोहोर हटाउने प्रक्रिया नभई सामाजिक चेतना र उत्तरदायित्वको जीवन्त अभ्यास भएको स्पष्ट पारिन् । “जहाँ श्रद्धा हुन्छ, त्यहाँ सरसफाइ हुनु आवश्यक हुन्छ,” भन्दै उनले स्वच्छ मन्दिर र सभ्य समाज निर्माणमा युवाको अग्रसरता अपरिहार्य रहेको बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकालले सरसफाइ अभियानप्रति उच्च सम्मान व्यक्त गर्दै यस्ता पहलहरूले युवामा सामाजिक उत्तरदायित्व र समर्पणको भावना जागृत गर्ने विश्वास व्यक्त गरे ।

सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्षले धार्मिक स्थलको पवित्रता संरक्षणमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै भने, “मन्दिर सफा गर्नु भनेको मन र समाज सफा गर्नु हो( यस्तो अभियान साँचो धर्मसेवाको प्रतीक हो ।

कार्यक्रम संयोजक तथा संस्थाकी सदस्य कल्पना थापाले सम्पूर्ण व्यवस्थापन, समन्वय तथा टोली परिचालनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । सहभागीहरूले मास्क, पञ्जा, झोला र कुचोको प्रयोग गरी मन्दिर परिसर तथा आसपासका क्षेत्रहरूमा सरसफाइ गरेका थिए ।

संस्थाले सरसफाइमा सक्रिय सहभागिता जनाउने सम्पूर्ण सदस्य, अतिथि, स्थानीय बासिन्दा तथा सहयोगी मनहरूप्रति हार्दिक आभार प्रकट गरेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  १० : ३० बजे

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि