३ पुस २०८२, बिहिबार | December 18, 2025

आइसिसी विश्वकप क्रिकेट लिग-२ : स्कटल्याण्डविरुद्ध नेपाल दुई रनले स्तब्ध



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली स्कटल्यान्डविरुद्ध नेपाल दुई रनले पराजित भएको छ । स्कटल्याण्डले दिएको ३२४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३२१ रन बनाउन सक्यो ।

नेपालका लागि भीम सार्की, सोम्पाल कामी र दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त भएन । भीमले ८५ बलमा आठ चौका सहित ७३ रन बनाएका थिए । उनले आठ चौका प्रहार गरे । यस्तै सोम्पालले पनि ४४ बलमा तीन चौका र चार छक्कासहित ६७ रन बनाए । दीपेन्द्रले ५६ रन बनाए । ५१ रनको सामना गरेका ऐरीले दुई चौका प्रहार गरे ।

यस्तै आरिफ शेखला ५५ बलमा पाँच चौकासहित ३९ रन बनाएर आउट भएका थिए । गुल्शन झा ११ रनमा आउट भएका थिए । त्यस्तै ओपनर कुशल भुर्तेल १७, आसिफ शेख ८, कप्तान रोहित पौडेल ३ रन बनाएर आउट भएका थिए ।

स्कटल्याण्डका लागि म्याकेन्जी जोन्सले तीन तथा माइकल लीस्कले दुई लिए ।

यसअघि स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३२३ रनको योगफल बनाएको थियो ।

स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । उनले बेरिङ्टनले ११४ बलमा छ चौका र चार छक्काको सहयोगमा १०२ रनको शतकीय पारि खेले ।

चार्ली टेयरले ६५ बलमा नौ चौकाको सहयोगमा ६८ रन जोडे । त्यसैगरी, मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाए । नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए भने ललितनारायण राजवंशीले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ११ : ४२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका